Thursday 17th of January | २०७५ माघ ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युगान्डामा नेपाली साहित्य गोष्ठी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १८ बुधबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

 कम्पाला , युगान्डा ।  गैरआबासिय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको अबसरमा संघको भाषा तथा साहित्य उपसमिति र नेपाल अफ्रिका साहित्य समाजको आयोजनामा नेपाली साहित्य गोष्ठीको आयोजना गरियो ।                                       

संघका संरक्षक तथा नियात्राकार जिबा लामिछानेको अध्यक्षतामा सम्पन्न गोष्ठीमा अध्यक्ष भवन भट्ट , शिरोमणि दवाडी , सुनिल कार्की , चन्दा थापा , मनोज गोर्खाली, पासाङ्ग शेर्पा , कुबेर कार्की  , हिक्मत थापा र रमेश   कंडेल लगाएतले आआफ्ना रचना बाचन गर्नु भएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष हिक्मत थापाको कबिता सङ्ग्रह चिबोकका केटीहरुको अफ्रिका बिमोचन इजिप्ट र युगान्डाका लागि नेपाली राजदूत झबिन्द्र अर्यालले गर्नु भएको थियो ।                            

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै संरक्षक लामिछानेले नेपाली भाषा  र साहित्यको प्रबर्द्धन गर्नु पनि संघको एक मुल उद्देश्य रहेको जनाउनु भयो । उनले गोष्ठीमा उपस्थित गैरआबासिय नेपालीहरुलाई मनमा आएका कुराहरूलाई लेख्न प्रयास गर्न अनुरोध गर्नु भयो । गोष्ठीको संचालन उपसमितिका सदस्य एबम    युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेल ले गर्नु भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan