Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आफ्नै क्याम्पसमा राष्ट्रपतिको अभिनन्दन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १८ बुधबार | (रासस)
newsabhiyan

विराटनगर, १८ पुस । पूर्वाञ्चल भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी, इटहरीमा रहनुहुने भएको छ । उहाँले विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको बिहीबार अवलोकन भ्रमण गर्नुहुनेछ ।

सो अवसरमा राष्ट्रपतिलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले सो क्याम्पसमा विसं २०३९–४१ मा मानविकी सङ्कायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गर्नुभएको थियो ।

सो समय उहाँको क्रमसङ्ख्या ३२० थियो । विसं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उहाँ कोषाध्यक्षमा समेत विजयी हुनुभएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan