Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेरा त्रिभुवनको हिरक महोत्सवको तयारी तिव्र

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १९ बिहिबार |
newsabhiyan
newsabhiyan

कौरव खत्री, गुल्मी, १९ पुस । गुल्मीको  एक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियान र प्रचार प्रसार लाई तिव्रता दिएको छ ।

मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयले गर्न लागेको शैक्षिक तथा धार्मिक हिरक महोत्सवको तयारीका लागि यति बेला प्रचारका सामग्रीहरु छपाई कार्य भइरहेको र सामाजिक सञ्जाल र मिडिया मार्फत प्रचार प्रसार अभियान अगाडी बढाईएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिए  ।

प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि विद्यालयले आँउदो माघ २१ देखि २९ गतेसम्म विद्यालयले शैक्षिक तथा धार्मिक हिरक महोत्सव सञ्चालन गर्न गइरहेको छ ।

हालसम्म भने विद्यालयले १० लाख बोल आर्थिक सहयोग संकलन गरेको विद्यालय श्रोतले जनाएको छ । २०ंं१४ सालमा स्थापना भएको विद्यालयमा हाल भने कक्षा १ देखि १० सम्मका कक्षाहरु सञ्चालन भइरहेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan