Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केएल टावरको दशैंतिहार उपहार योजनाकाविजेताले पाएमोटरसाइकल, स्कुटर र बैंकक ट्रिप

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १९ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजयदशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि संचालन गरेको रमाईलो दशँै तिहार योजनाको उपहार वितरण गरेको छ । उक्त योजनाको बम्पर पुरस्कार टिभिएसको अपाचीआरटीआर मोटरसाइकल दिब्यन्त ढुंगानाले पाएका छन् ।

बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहारलगायतका पुरस्कार वितरण गरेको हो । त्यस्तै सम्पूर्ण कोइरालाले टिभिएसको जुपिटर क्लासिकस्कुटरपाएका छन भने पदमकार्कीले टिभिएसकै विगो स्कुटरजितेका छन् । यसैगरी संगिता भुजेलले बैंकको ट्रिपको उपहार प्राप्त गरेका छन् ।

रमाईलो दशँै तिहार योजनाअन्तर्गत कम्पनीले मेलाअवधिमा नै दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन, लगायत छन् भने साप्ताहिक रूपमामलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामानउपलब्ध गराएको थियो ।

गतअसोज १९ गतेदेखि सुरु भएको रमाईलो दशँै तिहार योजनाकात्तिक ३० गतेसम्म संचालनभएको थियो ।  राजधानीको चाबहिलस्थितकेएल टावरमा ५० बढी पसलहरू छन् । मोबाइलहब, डिपार्टमेन्ट स्टोर, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमाहल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan