Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनज्योति माविको लागि १३ लाख आर्थिक सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २० शुक्रबार |
newsabhiyan
newsabhiyan

कौरव खत्री, गुल्मी, १९ पुस । गुल्मीको एक विद्यालयको लागि आर्थिक सहयोग रकम जुट्दै गएको छ

मुसिकोट नगरपालिका वडा नं. १ पौदीअरेवा स्थित रहेको जनज्योति माध्यमिक विद्यालयको लागि विभिन्न व्यक्तिहरुबाट धान र चामल बाहेक हालसम्म कुल १३ लाख बोल चन्दा रकम सहयोग भएको विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए  ।

विद्यालयले ६० बर्षमा प्रवेश गरेको अवसरमा आउँदो फागुन १ देखि ९ गतेसम्म विद्यालयले हिरक महोत्सव गर्न लागिएको विद्यालयका प्रधानाध्यापक  आचार्यले जानकारी दिए  ।

विद्यालयलाई अल्पकालिन रुपमा अंग्रेजी माध्यमको व्यवस्थापन गरि भावी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने र माध्यमिक तहलाई दिगो रुपमा सञ्चालन गर्न र सबै कक्षाहरुमा कम्प्युटरमय शिक्षा गर्ने तथा दिर्घकालिन रुपमा विद्यालयको कक्षा वृद्धि गरि कक्षा १२ सम्म पु¥याउने र प्राविधिकमय शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञको गर्न लागिएको विद्यालयका प्रधानाध्यापक आचार्यले बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan