Thursday 17th of January | २०७५ माघ ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशरथमान सिंहको स्मृति ग्रन्थ विमोचित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २० शुक्रबार | (रासस)
newsabhiyan

काठमाडौँ, २० पुस : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले हरेक क्षेत्रमा हुने भ्रष्टाचारका समाचारले नेपालीले शिर निहुराउने अवस्था आएकाले त्यसको न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।

साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाले आज आयोजना गरेको शताब्दी पुरुष कविराज दशरथमान सिंहको स्मृति ग्रन्थ विमोचन गर्दै पूर्वप्रधानन्यायाधीश रेग्मीले न्यायालयमा हुने भ्रष्टाचारले आफूलाई थप दुखित बनाएको धारणा राख्नुभयो ।

उहाँले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आगामी दिनमा न्यायालयमा हुने भ्रष्टाचारविरुद्ध डटेर लग्नुपर्ने सुझाव दिनुभयो ।

अध्यक्ष रेग्मीले कविराज सिंहको सदाचार सहयोगी भावनाको सबैले कदर गर्नुपर्छ भन्दै सिंह पाल्पाको समाज र राजनीतिक परिवर्तनको साक्षी रहनुभएको स्मरण गनुभयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विजय जात्राका रुपमा मनाइने पाल्पा भगवती जात्राका बारेमा उक्त स्मृतिमा समावेश गरिएकाले उक्त पुस्तक अति नै उपयोगी रहेको बताउनुभयो । उक्त जात्रा राष्ट्रकै महत्वपूर्ण भएकाले सम्भव भएसम्म विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न सके भावी पुस्ताले पनि उक्त जात्राका बारेमा जानकारी लिन सक्ने धारणा राख्नुभयो ।

चार सय ६ पृष्ठ रहेको उक्त ग्रन्थमा सिंहका परिवारिक पृष्ठभूमिदेखि उहाँको जीवनको महत्वपूर्ण घटना, व्यावसायिक यात्रा, संस्मरणात्मक लेख रचना आदि समावेश गरिएको छ ।

सिंहका माहिला छोरा रामचन्द्रमानले आफ्ना बुबाले स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको सधैँ कदर गर्दै उक्त बाटामा हिँड्ने प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष पुष्करराज रेग्मीले सिंहले देखाउनुभएको सकारात्मक संस्कारको बाटो अँगाल्ने व्यक्ति पछिल्लो समय नेपालमा कमी भएको गुनासो गर्नुभयो । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी आफू चिकित्सक बन्नुको मुख्य प्रेरणास्रोत सिंह नै भएको बताउनुभयो ।

कार्यक्रममा सो ग्रन्थ लेख्न सहयोग गर्ने रामकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो । विसं १९७६ कात्तिक १४ मा जन्मनुभएको सिंहले पाल्पा र आसपासका जिल्लामा शिक्षा र स्वास्थ्य शिक्षामा पु¥याउनुभएको योगदानको सहभागीले स्मरण गरेका थिए । उहाँको निधन विसं २०७४ मङ्सिर २४ मा भएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan