Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकार र कर्मचारी पुरस्कृत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २० शुक्रबार | (रासस)
newsabhiyan

विराटनगर, २० पुस । नेपाल पत्रकार महासङ्घ, मोरङ शाखाको १३औँ साधारणसभामा दुई सञ्चारकर्मी पुरस्कृत भएका छन् ।

। नगर विकास प्रतिभा पत्रकारिता पुरस्कार रु ११ हजार राशिका धु्रव भट्टराई र महासङ्घद्वारा स्थापित रु १५ हजार राशिको पत्रकारिता प्रतिभा पुरस्कार तारा आचार्यले प्राप्त गर्नुभएको छ ।

यस्तै, महासङ्घमा लामो समयदेखि कार्यालय सचिवमा कार्यरत कर्मचारी दीपक फुँयाललाई रु ५१ हजार राशिको पुरस्कार प्रदान गरिएको छ ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्र र समाजलाई सजग गराउने सञ्चार क्षेत्र जहिले पनि सचेत एवं गम्भीर हुनुपर्ने बताउँदै सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई राजनीतिक पार्टीको प्रतिनिधि भएर काम नगर्न सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य केदार कार्की, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले जनतालाई सुसूचित गर्ने सञ्चार माध्यमले निष्पक्ष भएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ का अध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार सङ्घका उपाध्यक्ष प्रकाश मुन्दरा, नेपाली काङ्ग्रेस मोरङका सचिव नागेश कोइराला, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, जिल्ला शाखाका उपाध्यक्ष कुमोद अधिकारी र महासचिव विवेक गौतमले सञ्चारकर्मीले देश र जनताकै हितमा अझ सशक्तरूपमा अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा महासङ्घका पूर्व सभापति सुवास ढकाल, मोहन भण्डारी, यज्ञ शर्मा, दीपक दाहाल, शिवबहादुर कार्की, विक्रम निरौला र महेन्द्र बिष्टलाई सम्मान गरिएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan