Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नसोच्दो रहेछ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २१ शनिबार |
newsabhiyan
newsabhiyan

 सनतकुमार थापा -  

के हुदैछ हाम्रो देसमा जताततै नैतिक शिक्षाको ह्रास।
हेर मानिस मानिसहरुमा देखिएको छ जताततै त्रास।।

किन गर्छौ बाबु आमा र गुरूलाई तिमीहरू यति बिग्न उपेच्छा।
यी त सबैको आदरणीय हुन्छन तर खोई तिम्रो पवित्र सदिक्षा।।

टुक्रा टुक्रा भएर बाइसे चौबीसे राज्यमा बिभाजन भएको भुगोल जोडी नेपाल बनाउने।
पृथ्वी नारायण शाह जस्तो राष्ट्र निर्माता ब्यक्तीलाई किन हो राज्यले नसम्झने ।।

पृथ्वी नारायण शाह बाट अब तिमिहरू के गर्छौ लौ भन अपेच्क्षा।
बहुसंख्यक नेपाली जनताको भाबनाको गरिदै छ है उपेच्क्षा।।

बिभिन्न किसिमका चाड पर्वमा बिदा दिई राष्ट्रले धुमधाम संग मनाउने।
कुसे र गया औसी, गुरू पुर्णिमा अनि पृथ्वी जयन्तीको सधै उपेक्षा गर्ने।।

आदरणीय ब्यक्तीहरु प्रति किन निति निर्माताले नपुर्याएको सधै ध्यान।
बर्षको एक पटक बाबु आमालाई संझने औसी र गुरू पुर्णिमा को दिन।

अब भन्नै पर्ने भो यीनका बाबु आमा र गुरू पनि छैनन की नत्र किन सम्झदैनन्।
आफ्नो माग लिई सरकारलाई घेराउ गर्न  समादरणीय ब्यक्ती कहिले आउदैन ।।
राष्ट्र निर्माता, माता पिता र गुरूलाई कहिले कसैले पनि अनादर र उपेक्षा नगरौ।
आधुनिकताको नाममा सदियौ देखिको हाम्रा मुल्य र मान्यतालाई तिरस्कार र प्रहार नगरौ ।।

घेरा बन्दी र नाराजुलुस बाट आएको सरकार भएर होकी उस्ले त्यस्तै खोज्दो रहेछ ।
सालिन र चुपचाप बस्ने समुदाय तिर उस्ले कहिले पनि नसोच्दो रहेछ।।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan