Thursday 17th of January | २०७५ माघ ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युद्धमोर्चाका संस्मरण संग्रह ‘नेलेखिएकागाथा’को सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २१ शनिबार |
newsabhiyan
newsabhiyan

२१ पुष, काठमाडौं । जनयुद्धका एक कमाण्डर प्रदिपवालाचनद्वारा लिखित भिषण युद्धमोर्चाका संस्मरण संग्रह ‘नेलेखिएकागाथा’को सार्वजनिकभएको छ । शनिबार संवाद डबलीमा थेबाबुक्सले आयोजना गरेको कार्यक्रममा सो पुस्तकपूर्व सभामुखओनसरी घर्तिले सार्बजनिकगरिन् ।


पुष्तक सार्बजनिककार्यक्रममाप्रमुखअतिथि घर्तिले बोल्दै, लेखकवालाचन एक इमान्दार र प्रतिबद्ध युद्ध कमाण्डर भएको र  उनले युद्धमा भएका सत्य भोगाईलाई जस्ताको तस्तै उतारेको बताइन् ।

घर्तिले दशवर्षे जनयुद्ध विस्वको क्रान्तिकारी आन्दोलनको इतिहासमानितान्तनयाँमोडल भएको र यसको योगदानभूल्ननहुनेमाजोड दिदै भनिन्,“हजारौं योद्धाहरुले गरेको बलिदानले यो अवस्थाआएको छ, प्रदिपजी जस्तै बाँचेका योद्धाले भावि पुस्ताको लागिकलमचलाई राख्नु पर्छ ।”


पुस्तकका लेखकप्रदिपवालाचन्ले आफूले कुनै विशेष साहित्यिकविदाकामूल्य र मान्यताहरुलाई ध्यान पु¥याएर लेखेको भन्दापनि युद्धमा भएकाअनुभूतिलाई संगालेको धारण ब्यक्त गरे । उनले अगाडी भने, “हिजो युद्धमा जे देखियो भोगियो त्यहि लेखियो, आन्दोलनमाआन्दोलनकारीले जेले भेट्यो त्यहिले हान्ने जस्तै गरि लेखेको छु ।”

हिजोको सत्य इतिहास नमरोस,सुन्दर सपनाबोकेर हिडेका सहिदतथा घाइतेका योगदानगुमनामनहोस भनेर सो किताब लेखेको पनिबताए । साथै वालाचनले एक छुट्टै प्रसंगमाबहुपहिचानतथामिश्रित संघियताको कुरालाई हटाएर भौगोलिक नामबाट प्रदेश नामाकरणको अभियानदुखदभएको धारणा पनि राखे  ।


त्यस्तै संस्कृतिकर्मी तथा नेकपाकायुवा नेता बलरामतिमल्सिनाले लेखकवालाचनअसाध्यै मिलनसार र मेहनतीव्यक्तिकारुपमाचिनेको धारणा व्यक्तगर्दै सो किताबभावियुवा पिँडिलाई उपयोगिहुने गरेर लेखेको पनिबताए । तिमल्सिनाले हिजो भन्दाआज राजनीतिक परिपाटी झनबिग्रेर गएको बताउँदै भने, “अहिले सुङ्गुरको खोरमा मुन्टो तल राखेर खुट्टा माथि राखेको अवस्था  जस्तै भएको छ, त्यसको बारेमापनिश्रष्ठाहरुले लेख्ने बेलाआएको छ ।”


त्यस्तै, युवा नेता सरल सहयात्रीले पनिवालाचनको रचना जनयुद्धमा भएकावास्तविक घटनाको ऐना जस्तै अनुभव गरेको धारणा राखे ।

उनेले भने, “प्रदिपएकजनाज्यँुदो सहिदहो उहाँ जस्तै हजारौं सहिद छन् , जस्ले परिवर्तन हुनसक्छ भन्ने विस्वास लिएर युद्धमा निशर्त हामफालेकाथिए, कास त्यसो हुन सकेन, तर पनि यस कितबले हामीलाई क्रान्ति पुरा गर्न ब्युँझाइरहने छ, अरुले पनिपहललिने प्रयास गर्नु पर्छ ।”


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan