Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिदाको समयमा विद्यार्थीलाई गजल प्रशिक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २३ सोमबार |
newsabhiyan
newsabhiyan

भक्तपुर, २३ पुस । विद्यार्थीहरुको सिर्जनशीलतामा वृद्धि गर्नका लागि गजल प्रशिक्षण सुरु भएको छ । भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुलका विद्यार्थीहरुलाई बिदाको समयमा गजल प्रशिक्षण दिइएको हो ।

विद्यालयका कक्षा ८ र ९ मा अध्ययन गरिरहेका छात्र तथा छात्राहरुलाई गजल लेखनबारेमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूले जानकारी दिए ।

उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सिर्जनशील बनाउनका लागि साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले विद्यार्थीलाई लक्षित गरी गजल प्रशिक्षण सुरु गरिएको बताए ।

‘अहिलेका विद्यार्थीहरु साहित्य सिर्जनाभन्दा अन्यत्र बढी ध्यान दिन थालेका छन्, यसले उनीहरुमा सिर्जनशीलताको अभाव देखिएकोले त्यसलाई न्यूनीकरण गर्न, मीन पचासको बिदाको बेलामा गजल लेखनको सीप सिकाउन प्रशिक्षणको आयोजना गरेका हौं ।’ प्रिन्सिपल कोजूले भने ।

उनले विद्यालयका अध्ययनरत विद्यार्थीहरुलाई तीन दिने गजल लेखन कार्यशाला गरिएको बताउँदै बिदाको समयको सदुपयोग गराउनका लागि प्रशिक्षण राखिएको बताउँदै गजलकार एवं सञ्चारकर्मीद्वय विकास प्रहर र हरिसुन्दर छुकांले गजल लेखन सीप सिकाउने बताए ।

उनका अनुसार विद्यार्थीहरुलाई गजलको इतिहास, विकाससँगै गजल लेख्ने अभ्यास पनि सो अवसरमा गराइने बताए ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan