Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र "समर लब" काे ट्रेलर सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ l सुबिन भट्टराईको चर्चित उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र "समर लब" काे ट्रेलर सार्वजनिक भएको छ l

राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरि चलचित्र "समर लब" काे ट्रेलर सार्वजनिक गरिएको हो l निकैनै आकर्षक ढंग बाट ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाइ प्रस्तुत गरिएको छ l

चलचित्रमा सुरज सिंह ठकुरी, आसिश पिया, रेवती क्षेत्रि, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिक लगायतले अभिनय गरेका छन् l 

सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानले संगीत भरेका छन् l ब्यबसायिक रुपमा सफल चलचित्र नाइ नभन्नु ल  ३ मा उत्कृष्ट निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालले चलचित्र "समर लब" लाइ निर्देशन गरेका हुन् l 

वास्तविक प्रेम गर्ने जोडीको सम्बन्ध बारेमा राम्रो सँग देखाउन खोजिएको र चलचित्रले सबै नेपालीहरुको मन जित्ने कुरमा निर्देशक ढकाल ढुक्क रहेको जानकारी गराएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan