Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २३ सोमबार |
newsabhiyan

काठमाडौँ, २३ पुस (रासस) : प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित सातवटै उच्च अदालतका मुख्य न्यायाधीश र उच्च अदालत मातहतका इजलासमा मुख्य भई काम गर्ने न्यायाधीशसँगको छलफलमा न्यायापालिकाको सवालमा वर्तमान समयमा धेरै प्रश्न उठिरहेकाले न्यायालयप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “स्वतन्त्र र सक्षम न्यायापालिकाको अवधारणालाई सही मार्गमा लैजानुपर्छ, अदालतप्रति ठडिएको औँलालाई सम्बोधन गर्न अधिकारभन्दा कर्तव्यलाई मुख्य न्यायाधीशले ध्यान दिनुपर्छ ।”
उहाँले जनताको न्यायापालिकाप्रतिको गुनासो र आमजनतामा न्यायापालिकाप्रतिको धारणालाई परिवर्तन गर्न मुद्दा फछ्र्यौटले मात्रै नहुने उल्लेख गर्दै अदालतलाई सुदृढ बनाउने सवालमा कुनै कमीकमजोरी नगर्न निर्देशन दिनुभयो । प्रधानन्यायाधीश राणाले कार्यसम्पादनका क्रममा कमीकमजोरी देखिए न्याय परिषद् र आफूले पनि सुक्ष्म अनुसन्धान गर्ने चेतावनी दिनुभयो ।
कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्याय नपाएर छटपटिएका मान्छे अदालत पुगेपछि न्याय पाइने विश्वास दिलाउनु जरुरी रहेको बताउनुभयो । न्यायालयलाई सुदृढ बनाउन सरकारबाट पूर्ण सहयोग हुने उल्लेख गर्दै उहाँले न्यायापालिकाको गरिमालाई असर पुग्ने गरी सरकारबाट हस्तक्षेत्र नगरिने स्पष्ट पार्नुभयो ।
सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीले न्यायापालिकाप्रति अहिले देखिएको नकारात्मक धारणालाई चिर्न सबैले एकजुट भएर काम गर्न आग्रह गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan