Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मानिसमा सम्भावना’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २४ मंगलबार |
newsabhiyan
newsabhiyan

स्वामी सत्यव्रत,
प्रशंसा होइन – प्रशंसनीय बन, पुजारी होइन – पुजक बन,
उदाहरण दिने होइन – उदाहरणीय बन, चुप लागेर किन बस्छौ
दासत्व मनोबृत्तिबाट माथि उठी,
असल कर्म गरेर तिमी भगवान बन्न सक्छौ ।”

सबै सम्बन्धित पक्षहरुलाई समट्ने हो भने मानिसको हुन सक्ने सम्भावनाभित्र एउटा ठूलै पुस्तक बन्दछ तर मैले यहाँहरुलाई अलिकति इशारा मात्रै गरेकी छु । त्यो इशाराले यहाँहरुलाई आध्यात्मिकतातिरको यात्रा गर्नमा अवश्य पनि अहम् भूमिका खेल्ने छ भन्ने तर्पm मेरो अन्तरात्मा ढुक्क छ ।

मानिसको जीवनमा मात्रै मोक्षको अवधारणा राखिन्छ र मोक्ष लाभ गरिन्छ अरु कुनै जन्मबाट पनि मोक्ष लाभ सम्भव छैन । देवता पनि मनुष्य चोला धारण गर्न लालायित हुन्छन् र दैत्यहरु प्नि । देवताको जुनिबाट पनि मोक्ष लाभ गर्न सकिदैन र दैत्यको जुनिबाट पनि मोक्ष लाभ गर्न सकिदैन ।

किनकि देवताको जीवन सुखै सुखले भरपुर छ भने राक्षस वा दैत्यको जुनि दुःखै दुखले भरिएको छ । मानिसको जीवन संययित जीवन हो, दिन र रात जस्तै दुःख – सुख, जीवन – मृत्यु, दिन – रात एक आपसका परिपुरक हुन् नकि विरोधाभाषि । मनुष्य जीवन आफैमा अति नै दुर्लभ घट्ना हो, यसलाई अन्यथा बुझेर दुर्घटना सम्झिनेको पनि कमी छैन ।

कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि, त्यसमा कसैको दोष छैन । न अतिवादी, न हीनवादी, न मिथ्यावादी, बन संयकवादी, जीवन संयकमा जिउनु पर्छ । जीवन संगितमय हुनु पर्छ र साँच्चीकै भन्ने हो भने जीवन अति नै महत्वपूर्ण बरदान नै हो ।

संगित एक स्वरबाट निस्कदैन, संगीतमा धेरै प्रकारका स्वरहरुको मिश्रण हुन्छ । गितार बज्नको लागि विविध तारहरुको सहयोग चाहिन्छ र ती तारहरुलाई अति नै कस्यौँ भने चुडिन्छन् र कम कस्यौँ भने स्वर राम्रो निस्कदैन । त्यसैले संयकवादी सोचाइ र कर्म भनेको जति चाहिन्छ, त्यतिमात्रै प्रयोग गर्नु हो ।

मानिस आफू भगवान हुन सक्ने सम्भावना लिएर जन्मेको हुन्छ, त्यसलाई कतिसम्म विकसित गर्न सकिन्छ, त्यो उसको व्यबहार र परिस्थितिमा भर पर्ने कुरा पनि हो । एउटा पिपलको बीजमा पिपलको बृक्ष बन्न सक्ने क्षमता रहेको हुन्छ तर त्यसले कस्तो भूमि प्राप्त गर्छ, त्यो सम्भावना त्यसैमा निहित गर्ने शाश्वत सत्य हो ।

कुनै पनि बीजलाई हावामा फालेर त्यो उम्रिदैन, त्यसलाई उम्रनको लागि जमिन नै चाहिन्छ र त्यसैलाई तमसोमा ज्योतिर्गमय भनिएको हो । प्रकाशतिरको यात्रा गर्नको लागि पहिले अन्धकारबाट नै यात्रा शुरु हुन्छ, अमृततिरको यात्रा पहिले बिषतिरबाट शुरु हुन्छ, जीवनतिरको यात्रा पहिले मृत्युतिरबाट नै शुरु हुन्छ ।

मानिसको आत्मा जहिले पनि प्रभू प्राप्तिको लागि लालायित र आतुर नै छ । यति हुँदा हुँदै पनि मानिस प्रभूको आकार, प्रकार, अनुभव र दिशाबोधबाट अनभिज्ञ नै छ । प्रभू, आत्मा, भगवान र परमात्मा भनेको एउटै हो भन्ने बारेमा सबै ज्ञात हुनु जरुरी छ  र परमात्मासम्म पुर्याउने एउटै माध्याम हो व्यक्तिले स्वयंदेखि स्वयंसम्मको यात्रा गर्नु र स्वयंले स्वयंलाई प्रेम गर्नु । य

दि स्वयंले स्वयंलाई प्रेम गर्न सक्दैन भने त्यसलाई परमात्माको दर्शन हुन सक्दैन । परमात्माको दर्शन न त कुनै धर्मशास्त्रले गराउन सक्छ, न त कुनै प्रार्थानाले गराउन सक्छ, न त कुनै मन्दिर, मस्जिद, गिर्जा वा पुजारी, पादरीले नै गराउन सक्छ ।

एउटा सम्प्रदायिक गुरु, जसलाई धर्म गुरुको स्थानमा राख्नु भएको छ, उसले अर्को सम्प्रदायमा लागेको धर्म गुरुको स्थान लिएर बसेकोसँग सहकार्य गर्न राजी छैन ।

यो अहंकारको यात्रा गरिरहेका धर्म गुरुहरुले मानिसलाई मानिससँग फाटो पार्ने विष पैmलाई रहेका छन्, उनीहरुले कसका समर्थक कति भनेर प्रतिष्पर्धा गरिरहेका छन्, हीन ग्रन्थीले पिडित भएर ऊ भन्दा म सानो हुन्छु कि वा अरुले मलाई सानो भन्छन् कि भन्ने डरले त्रसित भई रहेका छन्, सावधान हुनु जरुरी छ ।

विभिन्न धर्ममा आधारित धर्म ग्रन्थहरु, धर्म शास्त्रहरु हिंसा र घृणाका आधार तथा माध्याम बनिरहेका छन् । ती भनेका खरानीका थैला हुन् तथापि हामीहरुले ती धर्म ग्रन्थहरुलाई भर्याङ्गको रुपमा प्रयोग गर्न सक्छौँ । कुनै पनि धर्ममा आधारित ग्रन्थले अर्को धर्मसँग आधारित ग्रन्थको समर्थन गरेको कहीँ पनि पाइदैन, उनीहरुले एक अर्कालाई होच्याउने काम नै गरेका हुन्छन् ।

यससँग सम्बन्धित एउटा सानो सत्य प्रसङ्ग – “एउटा भक्तले आध्यात्मिक ज्ञान लाभ गर्ने हिसावले सात दिनको लागि आफ्नै घरमा दुई जना धार्मिक वेत्ताहरुलाई बोलाएछन् । उनीहरुलाई राम्रो सत्कार गरेर राम्रो ओछ्यान, खाना, बस्न सबै बन्दोबस्ती गरेछन् ।

ती भक्त पनि त्यति कमजोर त थिएनन्, उनले ती गुरुहरुको संयुक्त रुपमा सत्सङ्ग सुनेपछि दोस्रो दिन एक्ला एक्लै केही सोध्ने विचार गरेछन् । जब एक जना गुरु स्नानको लागि जानु भयो, त्यहाँ रहेका एक जनालाई भन्नु भएछ गुरुजी अहिले स्नान गर्न जानु भएको गुरु त महा ज्ञानी हुनु हुँदो रहेछ, कस्तो राम्रोसँग आत्मा ज्ञानका प्रसङ्गहरुलाई छर्लङ्ग पारिदिनु भयो ।

त्यसको प्रति उत्तरमा ती धर्म गुरुले भनेछन्, तपाइ भ्रममा पर्नु भयो जस्तो छ, त्यो त गोरु हो, सबै अरुको नक्कल गरेर वाक्चातुर्यले सबैलाई लठ्ठ पारिदिन्छ, त्यसको व्यबहार राम्रो छैन । भक्तले सबै कुरा सुने मात्रै केही बोलेनन्, त्यसै बखतमा स्नान गर्न गएका धर्म गुरु बाहिर निस्किए अनि त्यहाँ रहेका धर्म गुरु स्नान गर्न गए ।

ती भक्तले भद्र र नम्र स्वभावमा प्रणाम गरेर ती स्नान गरेर आएका धर्म गुरुलाई भनेछन् – उहाँ अहिले स्नान गर्न जानु भएको गुरु त महान् विद्वान, आत्मा ज्ञानी हुँनुहुदो रहेछ, कस्तो राम्रो सतसङ्ग भयो, अहिले हामीहरुको ।

ती स्नान गरेर आएका धर्म गुरु जङ्गिदै भनेछन् – धत् त्यो पनि ज्ञानी त्यो त गधा हो गधा सबैतिरबाट जे पायो त्यही बोक्न मात्र जानेको छ, अरु ज्ञान ध्यानतिर त्यसको कुनै ध्यान नै छैन, तपाइलाई के के भनेर भ्रममा पारेको हो, त्यसको विश्वास नगर्नुहोस् है ।

सबै भक्तहरु कहाँ गएर बदनामी मात्रै कमाएर आएको छ । त्यतिबेला नै स्नान गर्न गएका ती धर्म गुरु बाहिर निस्किए, हस् त भनेर ती भक्त चुपचाप बाहिर निस्किए । जब भोजनको समय भयो, ती भक्तले एक जनालाई हरियो घाँस र अर्को एक जनालाई दाना र भुस्सा लगेर अगाडि राखिदिए । ती दुबै जना जङ्गिदै भने – तपाइले हामीहरुको अपमान गर्नु भएको, यो के मजाक हो ।

ती भक्तले उनीहरुलाई भनेछन् – हेर्नुहोस् मैले तपाइहरुबाट ज्ञान लाभ गरुँला भनेर घरमा बोलाएर मेरो औकातले भ्याएसम्म सम्मान, सत्कार र यथोचित व्यबस्था गरेकै हुँ तर तपाईहरुले आप्mनो औकात आपैm देखाउनु भयो र भन्नु भयो एउटा गोरु हो र एउटा गधा हो, आज बेलुकाबाट रहने ठाउँको पनि राम्रै व्यबस्था गरिदिन्छु । त्यो सुनेपछि ती दुबै धर्म गुरुहरु चुप रहे र त्यस ठाउँबाट विनाबोले सुइकुच्चा ठोके ।”

यस्तै व्यक्तिहरुले लेखेका त्यस्ता ग्रन्थहरु हानिकारक भए पनि धर्म गुरुहरु जत्तिको हानिकारक छैनन् । धर्म गुरुहरुले जानी जानीकन गल्ती गर्न लगाउँछन् । अज्ञानी र धर्म गुरुलाई तुलना गर्ने हो भने दुई वटा कुराहरुमा सामिप्यता देखिन्छ ।

त्यो सामिप्यता भनेको आन्तरिक रुपमा यी दुबै नै खाली छन्, आन्तरिक रुपमा यी दुबै आध्यात्मिक होइनन् । न त अज्ञानी व्यक्ति आध्यात्मिक हो न त धार्मिक व्यक्तिहरु नै । धार्मिक व्यक्तिलाई धर्म गुरु भनिन्छ ।

अज्ञानी ज्ञानी बन्न राजी हुन्छ, अज्ञानी आध्यात्मिक बन्न सक्छ तर धर्म गुरु न त ज्ञानी बन्न राजी हुन्छ न त आध्यात्मिक नै बन्न सक्छ । किनकि धर्म गुरुहरु अहंकारले भरपुर हुन्छन्, अज्ञानीको अहंकार रुपान्तरण हुन सक्छ तर धर्म गुरुहरुको अहंकारले धेरै तलसम्म जरा गाडि सकेको हुन्छ ।

मैले कसैप्रति अक्रोस पोखेको होइन, मैले कसैसँग सम्झौता र तुलना गर्नु आवश्यक ठान्दैन, यदि तपाईहरुले पनि यति साहस गर्नु हुन्छ भने पक्कै पनि जीवनमा आपत्ति आइ लाग्ने छैन । धर्मलाई धरासायी बनाउने धर्म गुरुहरु नै हुन्, हामीहरु शत्रुसँग भिड्न सक्छौ तर भनाउँदा मित्रहरु भनाउँदा धर्म गुरुहरुबाट बचाउन स्वयं तपाइले नै सक्नुहुन्छ अरु कसैले सक्दैन ।

किनकि आफ्नो घरमा जब आफै आगो लगाइन्छ, कसैले रोक्न सक्दैन, यो भन्नुको अर्थ ती भनाउँदा धर्म गुरुहरु र आफन्तबाट हामीहरु आफै सजग हुनु जरुरी छ – “There are so many slips between cups and leaps.” यो आपैmप्रतिको पुकार हो कि – “भगवान शत्रुहरुबाट त म आपैm भिड्न सक्छु, मलाई मित्रहरु र धर्म गुरुहरुबाट बचाऊँ ।”

यो भन्नुको अर्थ के हो भने व्यक्ति स्वयं नै भगवानको प्रतिमूर्ति हो र भगवानको अवतार नै हो, बीजवत रुपमा हरेक व्यक्तिभित्र भगवानको अंश रहेको हुन्छ, यसको अर्थ मानिसमा भगवान बन्न सक्ने सम्भावना छ । 

आदरणीय पाठक दाजुभाई दिदी बहिनीहरु, यो पत्रिका प्रकाशनको १५ औं अंक हो । यो अंक नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा विशेष महत्वका साथ प्रकाशित हुँदैछ र यहाँसम्म आउनमा सबैको योगदान रहेको मैले महसुस गरेको छु ।

यस अंकको प्रकाशकीय पनि मैले नै यहाँहरु समक्ष राखिदिएको छु र सम्पादकीय पनि आपैm नै राख्ने निर्णय गरें । यसको पछाडि के कारण छ त भन्ने लाग्ला, त्यो के हो भने मैले प्रकाशकीयमा सनातन हिन्दू धर्म संस्कृति विश्वको सबैभन्दा पुरानो धर्म संस्कृति हो अन्य धर्म संस्कृति भनेका यसैका हाँगाविँगा हुन भन्नेमा दुई मत हुन सक्दैन भनेको छु, यसको कारण विश्वको सबैभन्दा पुरानो ग्रन्थ भनेको ऋग्वेद हो र ऋग्वेदमा सनातन धर्मको समय ब्रह्म सम्बत्सर वा सृष्टि सम्बत्सर १५ निल ५५ खरब, २१ अरब, ९७ करोड, २९ लाख, ४९ हजार, ९८२ वर्ष बताइएको शाश्वत सत्य अहिले पनि जिवन्त नै छ ।

अर्को शाश्वत सत्य अकाट्य रुपमा के हो भने ऋग्वेद न त तपाइले लेखेको हो न त मैले नै लेखेको हो, त्यति वेला अन्य धर्म भन्ने छँदै थिएनन् भन्ने बारेमा शंका गर्ने ठाउँ छैन, किनकि त्यहाँ कुनै अन्य धर्मको बारेमा चर्चा नै छैन । अनि विश्वको सबैभन्दा पुरानो ग्रन्थको नाम लिनु पर्दा ऋग्वेदलाई नै लिइन्छ, त्यसैले ऋग्वेदमा भएको यतार्थलाई मैले यहाँ राखिदिएको हुँ, यसलाई जानकारीको रुपमा लिनु होला ।

मैले अलिकति प्रष्ट पार्न के चाहेको हुँ भने राज्यको आप्mनो नियम हुन्छ जसलाई अंग्रेजीमा ल अफ दि ल्याण्ड भनेर भनिन्छ । हाम्रो धर्म सस्कृतिलाई हाम्रै धर्मको खोल भिरेर अन्य आगन्तुक खुट्टा नभएका लङ्गडा धर्महरुको भ्रममा परी अपमान गर्ने काम भएको छ ।

अहिले मैले क्रिश्चियन धर्म मान्नेहरुले के गर्छन्, मुस्लिम धर्म मान्नेहरुले के गर्छन्, त्यस बारेमा केही भन्न गएको छैन तर मात्रै सनातन हिन्दू धर्म मान्नेहरुले के गर्नु पर्ने थियो, के गरिरहेका छन्, तिनीहरुलाई के गर्नु पर्ने हो भन्ने बारेमा इशारामात्रै गर्न चाहेको हु“ ।

बुझ्नेलाई इशारा नै काफी हुन्छ, यदि कोही सनातन हिन्दू धर्म मान्ने भएर अन्य धर्मको राम्रो र नराम्रो पक्षको बारेमा वकालत गर्छ वा अन्य धर्मलाई गाली गर्छ भने त्यो व्यक्ति सनातन हिन्दू धर्म मान्ने त हो तर अन्य धर्मको चिन्तनमा जिएको छ । त्यस्तै अन्य धर्मले पनि सनातन हिन्दू धर्मको बखत्याई गर्छन् भने पनि उनीहरु अन्य धर्म मान्ने त होलान् तर सनातन हिन्दू चिन्तनमा नै जिएका हुन्छन् ।

अब मेरो विषय बस्तु के हो भने नेपालको परिप्रेक्ष्यमा बृद्धाश्रम प्राइभेट सेक्टरमा खोल्नु अभिसाप सिद्ध भएको छ । किनकि बृद्धाश्रमलाई कमाइ खाने भा“डो बनाउन हु“दैन, यो मेरो आत्मिक मान्यता हो । यदि अति नै आवश्यकताको घडी छ भने बृद्धाश्रम राज्यले सञ्चालन गरोस् र त्यो पनि व्यबस्थित रुपमा ।

म पशुपतिमा रहेको बृद्धाश्रममा पुगेर त्यहा“को अवलोकन गरेको थिए, एक पटक समय मिलाएर तपाइहरु त्यहाँ पुग्नु होला यतिमात्रै भन्न चाहन्छु, अरु आप्mनै आ“खाले अवलोकन गर्नमा जुन भाव र प्रभाव पाइन्छ, त्यो कसैले भनेका शब्दमा आउन सक्दैन । बृद्धाश्रममा बस्ने रहर होइन, त्यो बाध्यता हो ।

हाम्रो सनातन धर्म संस्कृतिको मूल मर्म भनेको मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः तर पश्चिमी मूलूकमा ९० प्रतिशत छोराछोरीले आप्mनो आमा बाबुलाई रेखदेख नगर्ने र उनीहरुको सम्पत्तीमा पनि कुनै वास्ता नगर्ने वा प्रष्ट रुपमा भन्दा बाबु आमाको सम्पत्ती नखोज्ने परिपाटी छ र त्यहाँ एल्डर्ली केयर भनेर बृद्धाहरुलाई बाँचुञ्जेल राम्रो व्यबस्था गरेको पाइन्छ ।

किनकि त्यो बृद्धासँग भएको सम्पत्ती उनीहरुको रेखदेख र खानपानमा खर्च हुन्छ । यसको अनुगमन मानव अधिकारवादी, स्वतन्त्र पत्राकार आदिबाट हुन्छ । बृद्धाहरुले स्वेच्छाले आफ्नो रेखदेख र पालन पोषणको लागि कसैलाई चयन समेत गर्ने छुट छ । हाम्रो सनातन सँस्कृतिमा आप्mना आमा बाबुको सम्पत्तीमा बराबरको हक खोज्ने परिपाटी छ ।

यस्तो अवस्था छोराले विबाह गरेपछि आफ्नो श्रीमती र आफ्ना छोरा छोरीलाई घरमा राख्ने र आप्mना आमा बाबुलाई बोझ सम्झेर बृद्धाश्रममा लगेर राख्ने गरेको पाइन्छ र उनीहरुको मृत्यु पश्चात उनीहरुको मातहतमा रहेको सम्पत्ती समेत बराबर बाँडेर लिएको पाइन्छ ।

जसले हामीहरुलाई यस संसारमा ल्यायो, बढायो, पढायो, सक्षम बनायो, आपूm भोकै बसेर वा आधा पेट खाएर खुवायो त्यसैप्रति आज यस्तो अपमान र अभद्र व्यबहार – धिक्कार छ त्यस्ता छोरा बुहारीलाई ।

यदि हामीहरु कसैले पनि यस्तो भएको देखेका छौं भने त्यसको प्रतिकार गर्नु जरुरी छ, आवाज उठाउनु जरुरी छ, हाम्रो राज्यको नियम त्यस्तो छैन तर कहीं न कहीं भूल भएको पक्कै छ, राज्यकै संरक्षणमा कुनै उद्योग धन्दा र कम्पनी खोले जस्तै गरी धमाधम बृद्धाश्रमहरु खोलिदै छन् र त्यहाँ यस्तै यस्तै हुँदैछ ।

यदि यस्तो भएको छ भने दोषीलाई कठाघरामा उभ्याउनु पर्छ र कार्बाहीको दायरामा ल्याउनु पर्छ । यस आध्यात्मिक जागरण पत्रिकाको मर्म यसैलाई ठान्दा पनि फरक पर्दैन । सबैको मङ्गल होस्, सबैको कल्याण होस् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan