Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुवेतमा ज्यान गुमाएका नेपालीलाई ८ करोड क्षतिपूर्ति

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २५ बुधबार |
newsabhiyan
newsabhiyan

योगेन्द्र योगी, दोहा, २५ पुस ।  बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहँदा घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरूले क्षतिपूर्ति बापत ८ करोड नेपाली रुपैयाँ पाएका छन्।

नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्तिका लागि कुवेत स्थित नेपाली राजदूतावासले कानुन व्यवसायीको सहयोग लिएर गरेको निरन्तर कार्यको फलस्वरूप सन् २०१८ मा घाइते एवं मृतक कामदारहरूको क्षतिपूर्ति वापतको बिमा रकम, बाँकी तलब, सेवा पश्चात पाउँने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग गरी देहाय बमोजिमको उल्लेखनीय रकम २,४८, ८३३ ।५५ कुवेती दिनार अर्थात करिब (आठ करोड सन्ताउन्न लाख चालिस हजार) नेपाली रुपैयाँ आएको नेपाली दूतावास कुवेतले जनाएको छ।

उक्त प्राप्त रक़म सम्बन्धित कामदारहरूका कानूनी हकदारहरूलाई उपलब्ध गराइदिन नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा नेपाली राजदुतवास कुवेतले विभिन्न समयमा पठाई सकेको समेत  जानकारी गराएको छ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan