Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खतरनाक घेराबन्दीमा प्रधानमन्त्री ओली !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २५ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ पुस । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली काम देखाउने तत्परता लिँदै छन्, यति नै बेला प्रधानमन्त्री ओलीविरुद्ध सूक्ष्म घेराबन्दी शुरु भएको छ ।

देखिने गरी सरकारको पक्षमा बोल्ने, तर भित्रभित्रै ओलीलाई घेराबन्दीमा पार्ने योजना उनको आफ्नै दल नेकपाभित्र बनेको छ ।

वरिष्ठ नेता वामदेव गौतम खुलेआम केपीविरुद्ध सक्रिय भएका छन् भने झलनाथ खनाल शालीनतापूर्वक घेराबन्दीको निर्माणमा लागेको पाइएको छ । केही समययता प्रचण्ड केपीसँग मित्रता बढाउँदै सरकारको रक्षा गर्न कस्सिएर लागेका देखिन्छन् ।

तर, उनी पनि पर्दा पछाडि केपीविरुद्धको घेराबन्दी निर्माणमा लागिपरेका छन् । हुँदाहुँदा माधवकुमार नेपालसमेत सरकारको पक्षमा बोल्दै केपीलाई विस्थापित गर्ने योजनामा रहेको पाइएको छ ।

यतिखेर नेकपाभित्र प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, भीम रावल र घनश्याम भुसालगायतका नेताहरु यथाशीघ्र केपीलाई सरकारबाट हटाउने गृहकार्यमा जुटेका छन् ।

संसदीय दलमा बहुमत जुट्नेबित्तिकै संसदीय दलकोे नेता पदबाट ओलीलाई विस्थापित गरेर अघि बढ्ने योजनाका साथ उल्लिखित नेताहरु क्रियाशील भएका छन् ।

कतिपय मन्त्रीहरुसमेत ओलीविरुद्ध भएको र सरकारले वर्ष दिन पूरा गरेपछि नेतृत्व बदल्ने तत्परता लिन लागेको बुझिएको छ ।

यसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उनको आफ्नै दलभित्र घेराबन्दी शुरु भइरहँदा दुवैतर्फका छिमेकी मुलुकहरुसँगको सम्बन्धमा पनि असन्तुलनको अवस्था पैदा भएको छ ।

एसिया प्यासिफिक (इसाई) सम्मेलनमा सरकारको सहभागिता र इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा जाने तत्परतापछि भारत र चीन दुवै मुलुकहरु केपीप्रति सशंकित भएको बताइन्छ, घटना र विचारमा उल्लेख छ ।

ओलीविरुद्ध योजनाबद्ध घेराबन्दी शुरु भइसकेकोले वर्तमान सरकारले तीनदेखि ६ महिनाभित्रै बिदा पाउने अनुमान विश्लेषकहरुले गरेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan