Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यस्तो पनि हुन्छ ! कोमामा रहेकी महिलाले बच्चा जन्माएपछि प्रमुखले राजिनामा दिए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार | Patrapatrika
newsabhiyan
newsabhiyan

पौष २६, काठमाडौं । अमेरिकाको एरिजोना राज्यमा रहेको एक नर्सिङ होममा कोमामा रहेकी एक महिलाले बच्चा जन्माएपछि त्यहाँका मेडिकल प्रमुखले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

कम्पनीले एक विज्ञप्तिमा निर्देशक बिल थोमसनको राजीनामा स्वीकार गरेको जानकारी दिएको छ ।

पीडित महिला फिनिक्स इलाका नजिक रहेको हेसिन्डा हेल्थकेयरको एक क्लिनिकमा करिब एक दशकअघि भर्ना भएकी हुन् । उनी त्यसबेला देखि नै कोमामा रहेका कारण उनलाई हरेक समय हेरचाहको आवश्यकता छ ।

प्रहरीले यो घटनामा यौन शोषण भएका हुनसक्ने भन्दै छानविन सुरु गरेको छ । महिलाको पहिचान भने सार्वजनिक गरिएको छैन । ती महिलाले गत २९ डिसेम्बरमा बच्चा जन्माएको अनुमान गरिएको छ ।

सीबीएस फिनिक्ससँग जोडिएको केपीएचओ–टिभीले एक अज्ञात स्रोतको हवाला दिँदै भनेको छ, ‘हामीलाई भनिएअनुसार महिला चिच्चाइरहेकी थिइन् र उनलाई के भएको हो भन्ने समेत बुझ्न कठिन भएको थियो ।’ ती महिलाले बच्चा जन्माउुअघिसम्म पनि कुनै पनि कर्मचारीलाई ति महिला गर्भवती भएको विषयमा जानकारी थिएन ।

‘यो घटनालाई एउटा भयावह घटनाबाहेक अरु कुनै पनि प्रकारले स्वीकार गर्न सकिन्न,’ कम्पनीको बोर्डका कार्यकारी उपाध्यक्ष ग्यारी ओर्मनले भने, ‘हामी हाम्रो शक्तिअनुसार हरेक एक विरामी र कर्मचारीको सुरक्षा सुनिश्चित गर्नेछौं ।’

न्युयोर्क टाइम्सको नयाँ रिपोर्टपछि यस क्लिनिकमाथि दुव्र्यवहारको आरोप लागेको छ । जसमा विना कपडा या नुहाएको समयमा बिरामीको गोपनियतामाथि ध्यान नराख्ने गरिएको आरोप समेत लागेको छ ।

फिनिक्स प्रहरीका प्रवक्ताले यो घटनाका विषयमा अझै छानविन जारी रहेका कारण केही भन्न नसकिने बताएका छन् । सो क्लिनिकमा नयाँ नियम समेत लागू गरिएको छ ।

अब महिला विरामीको कोठामा पुरष डाक्टर या कर्मचारी कुनै महिलाको साथमा मात्रै प्रवेश गर्न पाउनेछन् । हेसिन्डा हेल्थकेयरले प्रशासनलाई पूरा सहयोग गरिरहेको बताएको छ । एरिजोना स्वास्थ्य विभागले क्लिनिकमा विरामीको निगरानीका लागि निरीक्षक पठाएको र कडा सुरक्षा मापदण्ड लागू गरेको जनाएको छ । समाचार राजधानी दैनिकमा छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan