Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकार असफल ! राजपाको समर्थनको औचित्य देखिएन : यादव

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले केपी ओली नेतृत्वको सरकारले जनतालाई आश्वस्त पार्न नसकेको जिकिर गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले अझै पनि राजनीतिक गतिविधी सन्तोषजनक नभएको बताए ।

सरकारलाई राजपाले समर्थन गर्नुको औचित्य पनि नदेखिएको उनले बताए । जसरी परिणाम देखिनुपर्ने हो त्यसरी सरकारले काम गर्न नसकेको यादवले बताए ।

नयाँ शाषन प्रणालीलाई व्यवहारमा उतार्न समस्या हुनु स्वभाविक भए पनि अरु धेरै कुरामा सरकार असफल भएको यादवको भनाई छ ।

राजपा संविधान संशोधनको मुद्धाबाट पछि नहटेको पनि यादवले स्पष्ट पारे । संविधान संशोधनकै लागि सरकारलाई समर्थन गरिएको उनले स्मरण गराए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan