Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवलपरासी : विद्यालय जाँदै गरेकी छात्रामाथि उखुबारीमा लुकेर बसेकाले चक्कु हाने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार |
newsabhiyan
newsabhiyan

रबिन्द्र यादव,नवलपरासी पश्चिम  । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ पिपरपाती- सुर्यपुरा सडक खण्डमा बिहीबार बिहान करिब ९ :00 बजे एक छात्रा माथी चक्कु प्रहार भएको छ । चक्कु प्रहार बाट छात्रा सामान्य घाइते भएकी छिन ।

उक्त छात्राको दाहिने हात र निधारमा सामान्य चोट लागेको छ । अहिले छात्राको स्थानिय क्लिनिकमा उपचार भइरहेको परिवारले जनाएको छ ।

साइकल बाट विद्यालय जाँदै गरेकी अनिता केवट माथी उखुबारीमा कालो पट्टीले मुख बाधेर लुकेर बसेका तीन जनाको समुहले एक्कासी चक्कु प्रहार गरेको र जबर्जस्ती उखुबारीमा लग्न खोजिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

अहिले तिनै अज्ञात ब्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घाइते छात्रा गणेश मावि जगर्नाथपुरको कक्षा ८ मा अध्यनरत छिन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan