Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फ्रान्सेली विदेश सचिव स्वदेश प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार | (रासस)
newsabhiyan

काठमाडौँ, २६ पुस । नेपाल–फ्रान्स राजनीतिक परामर्शका निम्ति नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा रहनुभएका फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानो आज स्वदेश प्रस्थान गर्नुभयो ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा बुधबार परराष्ट्र मन्त्रालयमा भएको परामर्श बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयमा गहन विचारविमर्श भएको थियो ।

दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ घनीभूत तुल्याउँदै दुई देशका राष्ट्रिय स्वार्थ पूरा हुने सबै क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने सहमति गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले शिष्टाचार भेट गरेर नेपाल आफ्नो देशको उच्च प्राथमिकतामा रहेको र पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्न तत्पर रहेको बताउनुभएको थियो ।

परामर्श बैठकपछि नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने सन्दर्भमा नेपाल–फ्रान्स सम्बन्ध प्रवद्र्धनका निम्ति नेपाल सुन्दरी शृङ्खला खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको थियो ।

बुधबार नै दुवै देशका परराष्ट्र सचिवसँगै सद्भावनादूत खतिवडाले संयुक्तरुपमा नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवसम्बन्धी संस्मरणात्मक प्रतीकको अनावरण गर्नुभएको थियो ।

त्रिभुवन विमानस्थलमा उहाँलाई नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिए लेजे तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गर्नुभएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan