Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इजरायलका पूर्व मन्त्रीलाई जासूसको आरोपमा जेल सजाय

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार | (रासस/एएफपी)
newsabhiyan

जेरुसेलम, २६ पुस । इजरायलका एकजना पूर्व मन्त्रीलाई इरानको लागि जासूस गरेको आरोपमा एघार वर्षको जेल सजाय सुनाउने तयारी भएको त्यहाँको न्याय मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

गोनेन सेगेभ नामक यी मन्त्रीले गम्भीर रुपमा गुप्तचरी गर्दै सूचनाहरु इरानलाई दिएको मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

जेल सजाय आगामी फेब्रुअरी ११ दिनमा सुनाइने प्रकाशित समाचारमा जनाइएको छ । सेगेभले सन् १९९५ बाट १९९६ सम्म उर्जा र निर्माण मन्त्रीको पद सम्हालेका थिए । यसअघि अन्य अपराधहरुको अरोपमा पनि सेगेभले सजाय भोगी सकेका प्राप्त समाचामा जनाइएको छ ।

सन् २००४ मा करिब ३० हजार नशालु ट्याबलेट तस्करी गरेको र इजरायलबाट नेदरल्याण्डमा जान समयसीमा नाघेको राहदानीको प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan