Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बक्सिङको प्रदेशस्तरीय छनोट प्रतियोगिता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार | (रासस)
newsabhiyan

धनगढी, २६ पुस । राष्ट्रिय खेलकूद परिषद् र गणेशमानसिंह फाउण्डेशनको संयुक्त आयोजनामा आज यहाँ कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ स्तरीय बक्सिङ खेलको छनोट प्रतियोगिता शुरु भएको छ ।

आगामी माघ २२ देखि २६ गतेसम्म काठमाडौँमा हुने राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिताको तयारीको क्रममा यो छनोट प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक प्रदेशबाट आठ जना पुरुष र छ जना महिला बक्सिङ खेलाडी छनोट गर्न लागिएको वरिष्ठ बक्सिङ प्रशिक्षक एवं ओलम्पियन विष्णुबहादुर सिंहले बताउनुभयो ।

गणेशमानसिंह फाउण्डेशनका अध्यक्ष एवं नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले आज प्रतियोगिताको उद्घाटन गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan