Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुमारी बैंकले आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, २६ पुस । कुमारी बैंकले आफ्ना शेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु ६० करोड ८८ लाख ८८ हजार ५७३ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ बराबरको आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ती गरी एकीकृत कारोवार गर्दै आएको छ ।

ती वित्तीय संस्थालाई गाभेर गत असार १६ गतेदेखि संयुक्त कारोवार गरेकाले सो मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका शेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

बैंकले सोही अवधारणाका आधारमा लाभांश शेयरमा कर प्रयोजनाका लागि नगद लाभांशको व्यवस्था नगरिएको बताएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan