Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खप्तड गोल्ड कप ः च्यासलद्वारा दिल्ली क्लब पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार |
newsabhiyan

धनगढी, २६ पुस (रासस)ः भ्याली च्यासल युवा क्लबले ‘तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’अन्तर्गत आजको खेलमा दिल्ली फुटबल क्लबलाई पराजित गरेको छ । च्यासलले दिल्लीलाई ६–० गोलअन्तरले हराएको हो ।

च्यासलको तर्फबाट विदेशी खेलाडी अर्माण्ड मोएनले ह्याट्रिक गरे । धनगढी रङ्गशालामा भएको उक्त खेलमा च्यासलका सञ्जोग राईले खेलको १४औँ मिनेटमा गोल गरेका थिए । खेलको ३१औँ मिनेटमा हेमन्त थापामगर तथा ४०औँ मिनेटमा सञ्जोग राईको लामो पासलाई नियन्त्रणमा राख्दै अर्माण्डले गोल गरे ।

दोस्रो हाफमा च्यासलका लागि खेलको ६१औँ मिनेटमा तथा ७३औँ मिनेटमा अर्माण्डले गोल गरे । इन्ज्युरी समयको पहिलो मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को अग्रता दिलाए । सो खेलको ‘म्यान अफ द म्याच’ अर्माण्डले रु १० हजार पुरस्कार प्राप्त गरे । शुक्रबार रुपन्देहीको गोर्खा ब्वाइज र काठमाडौँको सिएमजी क्लब सङ्कटाबीच खेल हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan