Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ: पूर्वराजा शाह -विज्ञप्ती सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपूतहरुको उत्सर्ग विर्संदा देश आज ‘सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको दाबी समेत गरेका छन् ।

पुर्व राजा  ज्ञानेन्द्र शाहले जारी गरेको सन्देशमा उल्लेख छ,‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूंदैन ।

भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ।’

त्यसैगरि विज्ञप्तीमा भनिएको छ,एउटा नागरिकको निम्ति देशभन्दा ठुलो अर्को कूनै बाद वा विचार हून सक्दैन ।

नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पू¥याउने, अनूशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कूनै वाद र विचारका आडमा गरिनू हूंदैन भन्ने मेरो मान्यता रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan