Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानसेनापति पूर्णचन्द्र थापा आज भारत जानुहुदै, २ गते फर्कने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार | Patrapatrika
newsabhiyan
newsabhiyan

पौष २७, काठमाडौं ।  भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार भारत जाँदै छन्। प्रधानसेनापति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। भारतीयस्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी चिह्न ग्रहण गर्न प्रधानसेनापति थापा भारत जान लागेका हुन्। नेपाल र भारतका सेना प्रमुखहरूलाई कदरस्वरूप एकअर्काको मानार्थ महारथीबाट सम्मान गर्न प्रचलन छ।

प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कनेछन्। सन् १९५० बाट सुरु भएको यस्तो प्रचलनअनुसार सेना प्रमुखमा नियुक्ति भएपछि औपचारिक निमन्त्रणा गरी मानार्थ महारथीको दर्ज्यानीबाट सम्मान गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ चैत १६ गते भारतीय सेनाध्यक्ष विपीन रावतलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी प्रदान गरेकी थिइन्।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा पुस २८ गते हुने विशेष समारोहमा प्रधानसेनापति थापालाई भारतीयस्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्नबाट सम्मान गर्नेछन्।

प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कनेछन्।

भारत भ्रमणका क्रममा प्रधानसेनापतिले रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र समकक्षी विपीन रावतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्येख छ। भ्रमणका अवसरमा प्रधानसेनापति थापाले जयपुरको साउथवेस्टर्न र लखनऊस्थित सेन्ट्रल कमान्डको निरीक्षण भ्रमण गर्नेछन्। भ्रमण दलमा प्रधानसेनापतिसहित सैनिक इन्टेलिजेन्स महानिर्देशक उपरथी झंकरबहादुर कडायतलगायत सात जना सहभागी छन्। समाचार अन्नपूर्ण पोष्टमा छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan