Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हल्का वर्षा र हिमपातको सम्भावना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार | (रासस)
newsabhiyan

काठमाडौँ, २७ पुस । मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ ।

पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेला घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस अवधिमा न्यूनतम् तापक्रम नघटे पनि अधिकतम् तापक्रम घट्ने भएकाले चिसो बढ्ने महाशाखाका मौसमविद् विभूती पोखरेलले राससलाई जानकारी दिनुभयोे ।

त्यस्तै भोलि पनि मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

पुस २९ गते पनि मुलुकभर मौसममा आंशिकदेखि सामान्य बदली यथावत रहने पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan