Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानसेनापति औपचारिक भ्रमणको लागि मित्रराष्ट्र भारततर्फ प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज २७ गतेदेखि ऐ माघ ०२ गतेसम्म औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दलसहित आज मित्रराष्ट्र भारत तर्फ प्रस्थान गर्नु भएको छ । 

भारत भ्रमणको क्रममा प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उहाँलाई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो ।

प्रधानसेनापतिको नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको सिलसिलामा प्रधानसेनापति थापालाई पौष २८ गते भारतका महामहिम राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा South-Western Command जयपुर र Central Command लखनऊको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति थापाको भारत भ्रमणको अवधिभर उहाँको अनुपस्थितीमा बलाधिकृत रथी हेमन्तराज कुँवरले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । उक्त भ्रमण सम्पन्न गरी प्रधानसेनापति थापासहितको उच्चस्तरिय भ्रमणदल माघ ०२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan