Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२७ सय थान लागु औषध सहित राना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । काठमाडौंको बल्खुस्थित सार्वजनिक सडक खण्डमा प्रतिबन्धित लागु औषध बिक्री वितरण गर्नको लागि ग्राहकको प्रतिक्षा गरेर बसिरहेको गोप्य सूचनाको आधारमा लालबहादुर राना पक्राउ परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तो छ घटनाको विवरण :-
मिति २०७५/०९/२६ गते दिनको १४:०० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालीका वडा नं. १४ बल्खु स्थित सार्वजनिक सडक खण्डमा लाल बहादुरभन्ने व्यक्तिले प्रतिबन्धित लागु औषध डाईजे ल्याब समेत काठमाडौं उपत्यका बाहिरबाट खरिद गरेर ल्याई काठमाडौं उपत्यकामा हुने लागु औषध दुर्व्यसनीहरुलाई विक्री वितरण गर्नको लागि ग्राहाकको प्रतिक्षा गरेर बसीरहेको भन्ने विशेष सूचनाको आधारमा यस परिसरबाट खटिई गएको विशेष प्रहरी टोलीले जिल्ला काठमाडौं, का.म.पा.वडा नं. १४ बल्खु वडा एरियामा गई खोजतलास गर्दा निज लागु औषधको कारोवार गर्ने मानिसलाई कुरेर वसेको अबस्थामा सार्वजनिक सडक खण्डको पेटी किनारमा एक जना संकित व्यक्तिलाई फेला पारी निजलाई तत्काल नियन्त्रणमा लिई नियन्त्रणमा लिनु पर्ने कारणको बारेमा समेत जानकारी गराई सोधपुछ तथा तलासी गर्दा निम्नानुसारको परिणाममा लागु औषध फेला परेको हुँदा निज व्यक्ति समेत लाई पक्राउ गरी यस परिसरबाट थप अनुसन्धान कार्य भईरहेको ।

पक्राउ व्यक्ति:-
१. जिल्ला बर्दिया साविक महमदपुर ९ घर भएका वर्ष ३२ को लालबहादुर राना ।

बरामद सामान:-
१. Diazelabलेखिएको ईन्जेक्सन एम्पुल थान ८३५,
२. Noophin लेखिएको ईन्जेक्सन थान ८५४,
३. Phenergan लेखिएको ईन्जेक्सन एम्पुल थान ८८६,
४. रु. १,००० दरको नेपाली नोट थान ३० (तीस हजार) ।
५. भिभो लेखिएको मोवायल थान १।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan