Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बास्केटबलमा समृद्धि फाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । समृद्धि गोरिल्लाज तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।      

विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको प्लेअफमा समृद्धिले काठमाडौं नर्थ पोल बास्केटबल क्लबलाई ४६–१९ ले पराजित ग¥यो ।

समृद्धिको जितमा सोनी वाइबाले १२ अंक योगदान गरिन् ।उपाधिका लागि समृद्धिले शनिबार डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

जारी प्रतियोगितामा साइपाल र समृद्धि तेश्रो पटक प्रतिस्पर्धामा उत्रन लागेका हुन् । साइपालले शुक्रबार क्वालिफायरमा समृद्धिलाई नै ५४–३२ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

राउन्ड रोविन लिगमा पनि समृद्धि साइपालसंग ४३–३६ ले चुकेको थियो । पहिलो क्वाटरमा ९–७ को अग्रता लिएको समृद्धिले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । समृद्धिले दोश्रोमा १०–८, तेश्रोमा १६–२ र चौथोमा ११–२ अंक जोड्यो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan