Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan

उर्लाबारी, २७ पुस (रासस) : पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

झापाको दमक नगरपालिका–४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको रजत महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले इतिहासदेखि नै मिलेर बस्दै आएका सबै जाति र धर्मबीच एकता रहि रहन आवश्यक रहेको बताउनुभयो ।

देशका सबै जाति र धर्मलाई अधिकार सम्पन्न गराउँन १० वर्षे जनयुद्ध लडेको स्मरण गराउँदै उहाँले राजनीतिक परिवर्तन भए पनि देशलाई समृद्धिको दिशामा लैजान कठिनाइ भइरहेको धारणा राख्नुभयो । भट्टराई कुलवंश प्रतिष्ठानलाई मठमन्दिर र धार्मिकस्थलको रुपमा मात्र नभएर जनतालाई रोजगारी प्राप्त हुने प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद योगेश भट्टराईले वर्तमान सरकारले नै देशलाई समृद्धिको यात्रामा डो¥याउने दाबी गर्नुभयो । वर्तमान सरकारले तत्काल परिणाम निकाल्न नसकेपनि विस्तारै यसको परिणाम देखिने उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा लिम्बु, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतले मन्तव्य राख्नुभएको थियो । आजदेखि शुरु भएको सो महोत्सव कार्यक्रम यही पुस २९ गतेसम्म चल्नेछ । महोत्सवमा देशभरका भट्टराई कुलवंशका प्रदेश, जिल्ला र नगर समितिका साथै बर्मा, आसाम, सिक्किम र बङ्गाल राज्य समितिबाट पनि सहभागी छन् । विसं २०५० सालमा स्थापना गरिएको सो प्रतिष्ठानको ५ बिघा १२ धुर जग्गा रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan