Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रनिर्माताको योगदानलाई बिर्सन हँुदैन : अध्यक्ष लोहनी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २७ पुस (रासस) ः एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विश्वमानचित्रमा नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा स्थापित गराउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले बिर्सन नहुने बताउनुभएको छ ।

पार्टीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा आज आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पृथ्वीनारायणले बाइसे चौबीसे राज्यमा छरिएको भूगोललाई एकीकरणको परिकल्पना गरी आधुनिक नेपाल निर्माण गरेको स्मरण गर्नुभयो ।

चियापानमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा, नेकपा (माले) का महासचिव सिपी मैनाली, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, साहित्यकार, कलाकारलगायतको सहभागिता रहेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan