Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश नं ५ का लेखा समिति सभापतिद्वारा गाडी फिर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार | (रासस)
newsabhiyan

खस्यौली, २७ पुस  : प्रदेश नं ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सचिवालयले उपलब्ध गराएको गाडी आज फिर्ता गर्नुभएको छ ।

उहाँले सचिवालयको जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई लु १ झ ४४१ नं को गाडीको साँचो फिर्ता गर्नुभएको हो । केही दिनयतादेखि गाडी खरीदमा अनियमितता भएको भन्दै समाचार बाहिर आएको थियो ।

“गाडीको कागजात झिकाइ छानबिन शुरु गरेकाले गाडी चढ्नु उपयुक्त नहुने भएकाले नैतिकताको आधारमा गाडी फिर्ता गरेको छु”, सभापति चौधरीले भन्नुभयो, “प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई १३ वटा गाडी खरीद गरेको थियो ।”

यसैबीच सार्वजनिक लेखा समितिले खरीद गरिएका सबै गाडीको फाइल झिकाएर छानबिन प्रक्रिया शुरु गरेको छ । समितिको आज बसेको बैठकमा गाडीको विषयमा बाहिर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खरीद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेको छ ।

कार्यदलमा वैजनाथ जयसवाल र कल्पना पाण्डे सदस्य हुनुहुन्छ । संयोजक पोखरेल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट प्रदेशसभा सदस्य हुनुहुन्छ भने पाण्डे राष्ट्रिय जनता पार्र्टी र जयसवाल नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेश सदस्य हुनुहुन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan