Sunday 20th of January | २०७५ माघ ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खप्तड गोल्ड कपः सङ्कटाको जित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan

धनगढी, २७ पुस (रासस) ः यहाँ जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपअन्तर्गत आज भएको प्रतिस्पर्धामा सिएमजी क्लब सङ्कटाले गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलले पराजित गरेको छ ।

जितसँगै सङ्कटा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको आजको खेलको इन्जुरी समयको पहिलो मिनेटमा जय गुरुङले दिएको पासमा रवि सिलवालले बललाई नियन्त्रणमा लिँदै गोल गरेर सङ्कटालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ८३ औँ मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै सङ्कटाको जित पक्का गरे । विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरे पनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताउनु भयो । गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिनुभयो । माघ १ गते सङ्कटाले क्यामरुनको धाउफिन्स एफसिको सामना गर्ने छ ।

शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेल शुरु हुने जनाइएको छ । नेपाल एपिएफ क्लब र मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरबीच पहिलो क्वाटरफाइनल प्रतिस्पर्धा हुनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan