Thursday 17th of January | २०७५ माघ ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युवाहरु एक्जुट हुदै, विकासमा फड्को मार्दै ठूलोसिरुवारी, नमुना वस्तीमा अर्गानीक खाना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

पौष २८, सिन्धुपाल्चोक । आफु जन्मेको ठाउँको मायाँ जो कसैलाई पनि हुन्छ । झन विकासको कुरा गर्दात सबै एक जुट नै हुन्छ । सिन्धुपाल्चोक स्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठूलोसिरुवारीको वडा अध्यक्ष र त्यहाँका युवाहरु उक्त वडालाई नमुना वडा बनाउन लागि परिरहेको छ ।
युवायुवतीहरु मिलेरै आफ्नो वडामा एम्बुलेन्स खरिद गरेर एम्बुलेन्स सञ्चालन गरि सकेको छ भने बाटो समेत फराकिलो बनाई सकेका छन । झण्डै १ किलोमिटर बाटो समेत पिच गरिसकेको छ । पछिल्लो समयमा अब बस पनि सञ्चालन गर्ने भएको छ । स्मरण रहोस उक्त वडाको बजिनी भन्ने ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु समेतलाई आर्कषण गर्ने हेतुले नमुना वस्ती पनि निर्माण गरेको छ । उक्त नमुना वस्तिमा अगानिक खानेकुरा पाउनुको साथै लोकल कुखुरा समेत पाईन्छ । उक्त नमुना वस्ति हेर्न र लोकल अगानिक खाना खान आन्तरिक पर्यटकहरु त्यस गाउँमा जान थालेको छ ।
यहि माघ ११ गते त्यहा विशेष मेला पनि लाग्ने जानकारी प्राप्त भएको छ ।

निको यातायात समितिद्वारा संचालन हुदै आएको काठमाडौ ठुलोसिरुवारी नर्सिङ डाडा बस सेवामा अब अर्को एउटा बस थप संचालन हुने भयको छ। नयाँ  रुट यश प्रकार रहेने छ ।  जल्केनी देखि सातदोबाटो हुँदै बोक्से गोसाइगाउ, भोटेचौर, सार्कीगाउ,  कार्किछाप हुँदै बजिनी सम्म रहने छ । यसको  जानकारी सोही रुटमा बस संचालन गर्दै आउनु भएको व्यावसायि तथा चालक श्री मनोज राज गिरिले गराउनु भयको छ।

हाल बिदेश रहनु भएको हुँदा उहाँकै सक्रियतामा अरनिको व्यावसायिक समिति संग छलफल गरि छिटै संचालन गर्ने उदेश्यका साथ हाल बाटो मर्मतको लागि कुनैकुनै ठाउँमा डोजर लगाएर बढाउन पर्ने भएकोले केही सहयोगको पनि अपेक्षा गरिएको छ ।
अहिलेसम्म सहयोग गर्नुहुने मनकारीहरु निम्न प्रकार रहेको छ ।
मनोज गिरि साउदी १०००० 
सहदेब पुरी १००००
राज लामा भोटे चौर ५०००
ग्यान बहादुर गिरि भुइमाले टोल ५०००
बासु पुरी गोसाइगाउ ५०००
सुसिला गिरि भुइमाले टोल ३०००
बिनोद पुरी १००००
बसन्त थापा  र नवराज ५०००
रत्न पुरी १००
००

सहयोग जारि रहेको छ । अन्य सहयोग गर्न चाहानु हुने महानुभावहरुले निम्न व्यक्तिहरुलाई सम्र्पक गरेर सहयोग गर्न सक्नु हुनेछ ।
गोबिन्द श्रेष्ठ बजिनी ९८१०३२११७५
देबकी भन्डारी गिरि ९८१८१६१९१० 
 
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan