Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महानगरीय प्रहरी प्रभाग कोटेश्वरद्धारा घरेलु मदिर नष्ट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले कोटेश्वर एरियाका विभन्न स्थानहरूमा अबैध रूपले संचालन गर्दै आएको भट्टी पसलहरूमा यहि पुस २६ गते दिउसो ०२:०० बजे चेकजाँच गर्ने क्रममा अस्वास्थ्यकर सामाग्रीहरुको प्रयोग गरी उत्पादन गरिएका घरेलु मदिरा तथा कच्चा पदार्थहरुलाई नियन्त्रमा लिई स्थानिय व्यक्तिहरुको रोहरवरमा नष्ट गरीएको छ ।

 

यसैगरी महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । 

ललितपुर महालक्ष्मीस्थानमा शंकास्पद अबस्थामा चेकजाँच गर्ने क्रममा ललितपुर चिवहाल बस्ने ललितपुरका बखत बहादुर खड्का , ललितपुर बस्ने अजय ठाकुर, नख्खु बस्ने बिजय कुमार ठाकुर र लगनखेल बस्ने गोरखाका सुदीप बरामलाई ८ सय ग्राम गाँजा, नाईट्राभेट २०० ट्याबलेट,ओनरफे ५ बोतल, Exiplone १ बोतल र Wincirex ३ बोतल सहित पक्राउ गरेको छ ।

यसै गरी महानगरीय प्रहरी वृत्त जगतिबाट खटिएको प्रहरी टोलिले यहि २६ गते भक्तपुर सल्लाघारीमा बा. ८४. प. १८५१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा सुर्यविनायक बस्ने रिदम कार्की र सिन्धुपाल्चोक लिशंखु बस्ने पासाङ तामाङको साथबाट साईटाम ६ एम्पुल, फेनारागन ६ एम्पुल, नुरफिन ६ एम्पुल र सिरिन्ज १ थान बरामद गरेको छ । प्रहरीले लागुऔषध सहित दुबैजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan