Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समृद्धिलाई उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार |
newsabhiyan

काठमाडौं, पुस २८  ।  समृद्धि गोरिल्लाजले तेश्रो बुम महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

  विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीलाई ३६–२९ ले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । पहिलो संस्करणको उपाधि प्राइमले जितेको थियो । समृद्धिका लागि मुना महर्जनले १६ अंक योगदान गरिन् ।

       फाइनलसहित समृद्धि र साइपालको प्रतियोगितामा तेश्रो भेट हो । अघिल्ला दुवै भेटमा साइपालले समृद्धिलाई हराएको थियो । साइपालले समृद्धिलाई राउन्ड रोविन लिगमा ४३–३६ तथा क्वालिफायरमा ५४–३२ ले हराएको थियो ।

       समृद्धिकी मुना महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । समृतिकै प्रेडिना महर्जन ‘डेरिङ सिक्स म्यान’ बनिन् भने काठमाडौं नर्थ पोल बास्केटबल क्लबकी अस्मिता केसीले ‘मोस्ट इम्प्रुभ प्लेयर’ को उपाधि जितिन् ।

चण्डोलस्थित आयोजक मध्येको एक बीएमकेको कोर्टमा आठदिनसम्म चलेको प्रतियोगितामा ५ टिम सहभागी थिए ।

मनमैजु टिम च्याम्पियन

मनमैजु डोजोले प्रथम उपत्यकाव्यापी गोदावरी मेयर कप कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

 अल नेपाल वादोकाइ कराते संघ तथा आईडब्लुएफ शाखा डोजो ठेचोद्वारा संयुक्त आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । ३ स्वर्ण र ४ रजतसाथ सतुंगल डोजो दोश्रो तथा ३ स्वर्ण र २ रजतसाथ सोतोकान एसकेडियुएन तेश्रो भए ।

  प्रतियोगिताको पुरुषमा ठेचोका रिजन महर्जन तथा महिलामा मनमैजुकी पुष्पका लामा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा मनकामनाका यमबहादुर समल तथा महिलामा तोयाकान वादोरियोकी भूमिका राई उदीयमान खेलाडी चुनिए । त्रिलोक डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो ।

जावलाखेल च्याम्पियन

जावलाखेल पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा क्रिकेटको व्ह्ीलचेयरतर्फ शनिबार पहिलो भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा जावलाखेलले बीआईएलाई २२ रनले पराजित ग¥यो ।

जावलाखेलका डिगमसिंह चेम्जोङ ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट ब्याट्सम्यान चुनिए । बीआईएका सुपर राई उत्कृष्ट बलर तथा जावलाखेलका दीपक तिमल्सिना उत्कृष्ट फिल्डर घोषित भए ।

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा व्ह्ीलचेयर क्रिकेट संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको स्टेन्डिङतर्फ नीलो टिमले रातो टिमलाई ५३ रनले हराउदै पहिलो भयो ।

नीलोका छविलाल धोबी ‘म्यान अफ द सिरिज’ र उत्कृष्ट बलर ठहरिए । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा व्ह्ीलचेयर क्रिकेट संघ नेपालले सदस्य–सचिव विष्ट र अन्नपूर्ण पोस्टका फोटो पत्रकार विकास कार्कीलाई सम्मान गरेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan