Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिरामीलाई निको पार्ने भन्दै क्रिश्चियनहरुको यस्तो धन्दा, हिन्दु जागरणले दियो उजुरी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार |
newsabhiyan

 कास्की । विभिन्न बाहानामा क्रिश्चियन धर्मालम्बीहरुको सक्रियता दिनप्रतिदिन चुलिएको छ ।

क्रिश्चियनहरुको एक समुहले बिरामीलाई निको हुने भन्दै गरेको हर्कत प्रर्दाफास भएको छ ।

कास्कीका स्थानियहरुलाई उनीहरुले सु समाचार सुनेपछि विरामी निको हुने भन्दै धर्म प्रचार गरेका हुन् । पछिल्लो समय नेपालमा धर्म परिवर्तन गर्ने समुहहरु दिनप्रति दिन बढ्दै गएको छ ।

धर्म परिवर्तनकारीहरुले असहाय गरीब घर परिवारका हिन्दु दाजुभाई दिदी बहिनीहरुलाई बिभिन्न किसिमका रोग सन्चो हुने भन्दै प्रलोभनमा पारेकाछन् ।

उनीहरुले आर्थिक सहयोग र भोजनको लोभ देखाउने गरेको सरोकारवालाहरुले बताएकाछन् ।

यसरी विभिन्न प्रकारको आकर्षण गराउने गरेकोमा हिन्दु जागरण नेपाल कास्कीले आपत्ति जनाएको छ ।

हिन्दु जागरण नेपालले कास्की प्रहरीमा उजुरी दिएको छ । यसरी जबरजस्ती धर्म परिवर्तन गराउनेलाई कारवाहीको माग गरेको छ ।

 

उजुरी

श्रीमान् कार्यालय प्रमुख ज्यु
प्रहरी चौकी पामे ,
पोखरा महानगरपालिका २४ कास्की

बिषय:आबश्यक सहयोग बारे

उपरोक्त सम्बन्धमा यसै पोखरा महानगर पालिका वडा  नम्बर २४ बास्कोट मा धर्म परिवर्तनकारीहरुले पटक पटक हाम्रा असहाय गरीब घर परिवारका हिन्दु दाजुभाई दिदि बहिनीहरुलाई बिभिन्न किसिमका रोग सन्चो हुने आदि प्रलोभन देखाएर तथा भोजन आदिको लोभ देखाउने आदि आकर्षण गराई धर्म परिवर्तन गर्ने र गराउने गरेकोमा कानून बमोजिम कारवाही गरिदिनुहुन अनुरोध गर्दछौं ।


अनुरोध
हिन्दु जागरण नेपाल कास्की
शिवहरी गौतम


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan