Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिरियाली कुर्दिस समूहसँगै टर्कीको सुरक्षा व्यवस्था मिलाइनेछ ः पोम्पेओ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार | (रासस÷एएफपी)
newsabhiyan

अबु धावी, २८ पुस : वासिङ्टनका उच्च कूटनितिज्ञले अमेरिकी सेना सिरियाबाट फिर्ता भएपनि सिरियाली कुर्दिस विद्रोहीको सुरक्षाका लागि कुनै उपाय खोजिने बताउनुभएको छ ।

“अमेरिकी विदेशमन्त्रीसमेत रहेका माइक पोम्पेओले सिरियाली कुर्दिस समूह र टर्कीलाई आतङ्ककारीबाट सुरक्षाका लागि व्यवस्था मिलाइनेछ,” उहाँले अमेरिकी सहयोगमा सिरियाली सरकारसँग सङ्घर्षरत पक्षलाई विश्वास दिलाउनुभयो ।

उहाँले आबुधावीमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “हामी विश्वस्त छौँ, हामीले यी दुवै समस्याको समाधानका लागि सफल बन्नेछौँ ।”

अमेरिकी राष्ट्रपतिले गत महिना अमेरिकी सेनालाई फिर्ता गर्ने अकस्मात घोषणा गरेसँगै चिडिएका मध्यपूर्वका अमेरिका पक्षधर मुलुकहरूलाई सान्त्वना दिन पोम्पेओले यस क्षेत्रको भ्रमण गनुभएको हो । उहाँ संयुक्त अरब इमिरेट्सपछि स्वदेश फर्किनुहुनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan