Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खतरा देखेर चीनले गर्यो चर्चहरु बन्द , नेपालको आँखा कहिले खुल्ने ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २९ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । आफ्नो धर्म र संस्कृतिमाथि खतरा देखेर चीनले चर्चहरुको गतिबिधि बन्द गर्यो ।

जसको चर्चा अन्तराष्टियरुपमै भइरहेको छ । तर नेपालको आँखा कहिले खुल्ने ? आम नागरिकले प्रश्न उठाएकाछन् । नेपालमा पनि इसाईकरण तिब्ररुपले बढेको छ ।

इसाईहरुका गतिविधिले आफ्नो देशको मौलिक धर्म र संस्कृतिमाथि खतरा देखेर चीनले धेरै चर्चहरु बन्द गराएको हो ।

चीनले बाहिर देखिनेगरी भन्दा पनि गुप्त रुपमा सो कार्यलाई प्राथमिकतामा राखी चर्चहरु बन्द गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही समयअघि मुस्लिमहरुको गतिविधिमाथि नियन्त्रणकारी कार्य गरेको चीनले आफ्नो धर्म र संस्कृतिको रक्षाको लागि प्रयास थालेको हो ।

खतरा महसूस 


रिपोर्टमा भनिएको छ कि जहाँ दुनिया भरको करोडौं इसाई क्रिसमस मनाईरहेको बेलामा गरिएको यो आक्रमण चीनले आफूमाथि आईपर्न सक्ने संकट दूर गर्नको लागि गरिएको हो ।

चिनियाँ राष्ट्रपति शी चिनफिङ्ग यो कुरामा चिन्तित छन् कि नास्तिक कम्युनिष्ट सत्ताधारीका लागि क्रिश्चियन धर्मालम्बीहरुद्वारा संकट पैदा हुनसक्छ । चिनियाँ कम्पुनिष्ट पार्टीले पनि इसाईहरुलाई पार्टीको नियन्त्रणमा लिन माग गरेको थियो ।

चीनको सरकारले यही वर्ष नै बाइबलको अनलाइन बिक्रीमाथि प्रतिबन्ध लगाएको थियो । यो काम पनि इसाईहरुलाई राज्यको नियन्त्रणमा ल्याउने प्रयास स्वरुप नै भएको बताईएको छ । पार्टीको विश्लेषण अनुसार इसाई धर्म चीनमा तीब्र रुपमा चलिरहेको छ । जुन धर्मले पश्चिमी संस्कृतिलाई बढावा दिन्छ ।

यी समाचार पढ्न छुटाउनु भयो की ?

नेपालमा आएका विदेशीका धन्दा डरलाग्दा: ड्रग पार्टी गर्नेदेखि क्रिश्चियन धर्म प्रचारमा भिड्ने सम्म

सरकारलाई खबर छ त ? यी जापानीज दाङको घोराहीमा धर्म प्रचारमा ब्यस्तछन्

चितवनको सौराहमा क्रिश्चियन धर्म प्रचारका लागि विदेशी सहित गोप्य बैठक !

थानकोटको ६४ शिवलिङ्ग तोडफोड,आखिर कसले गर्यो यस्तो !

बिरामीलाई निको पार्ने भन्दै क्रिश्चियनहरुको यस्तो धन्दा, हिन्दु जागरणले दियो उजुरी

चीन सरकारले क्रिसमसको पूर्व सन्ध्यामा चेन्गदू प्रान्तमा रहेका सबै चर्चहरु बन्द गरिदिएको बताइएको थियो ।

न्यूयोर्क टाइम्समा छापिएको एक रिपोर्ट अनुसार गु बाओलुओ केही महिनादेखि चीनको सबैभन्दा ठूलो मानिने प्रोटेस्टेन्ट चर्चमा क्रिसमस सेलिब्रेशनको तयारीमा थिए ।

तर, डिसेम्बरको शुरुवातको एक दिन चीन सरकारले सो प्रार्थना स्थललाई बन्द गरिदिएको थियो । चिनियाँ प्रहरीले सो प्रान्तमा रहेका बाँडिएका तथा राखिएका इसाईहरुको धार्मिक ग्रन्थ बाइबललाई समेत जफत गरेका थिए ।

चर्चद्वारा चलाइएका विद्यालयहरुलाई बन्द गरिएको तथा विभिन्न स्थानमा तोडफोडका लागि उक्साएको आरोपमा अर्लि रेनका पादरीलाई समेत हिरासतमा राखिएको छ । ती पादरीलाई पाँच वर्षसम्म कारागार सजाय हुनसक्ने बताइएको छ ।

चीनले आफूमाथि आइपर्न सक्ने संकटलाई टार्नका लागि यस्तो कार्य गरेको बताइएको छ ।

चिनियाँ राष्ट्रपति शी चिनफिङ्ग यो कुरामा चिन्तित छन् कि नास्तिक कम्युनिष्ट सत्ताधारीका लागि क्रिश्चियन धर्मालम्बीहरुद्वारा संकट उत्पन्न हुनसक्छ ।

चीनको सरकारले यही वर्ष नै बाइबलको अनलाइन बिक्रीमाथि प्रतिबन्ध लगाएको थियो ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan