Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आमाछोरा मृत फेला

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २९ आइतबार | (रासस)
newsabhiyan
newsabhiyan

रुकुम (पूर्व), २९ पुस  । सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।

उहाँ पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्कनुभएको थियो । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताउनुभयो । दाउरा काट्न जङ्गल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आमाको पनि घाँटीमा डोरीको दाग रहेकोले डोरी चुँडिएको हुनसक्ने उहाँले बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको र बाँकी कुरा भने शव परीक्षण र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan