Wednesday 16th of January | २०७५ माघ २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मिस हेरिटेज ईन्टरनेशनल २०१९’ मा नेपालको प्रतिनिधित्व अदितीले गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २९ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । आगामी फेब्रुअरी १२ देखि १७ (अर्थात २९ माघदेखि फागुन ५) गतेसम्म सिंगापुरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व अदिती श्रेष्ठले गर्ने भएकी छन् ।

प्रतियोगीताको लागि नेपालको आधिकारीक संस्था इप्लानेट नेपालले शुक्रबार शंकर होटल लाजिम्पाटमा एक कार्यक्रममा बिच ‘मिस हेरिटेज ईन्टरनेशनल नेपाल २०१९’को ताज पहिर्याउदै अन्तराष्ट्रिय प्रतियोगीताका लागि आधिकारीक बाटो खुल्ला गरेको हो ।

कार्यक्रममा ‘मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल  २०१९’ दुर्गा विसुराल चुनिएकी छन् । उनले पनि सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाहरुको प्रतियोगीता ‘मिसेस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

प्रतियोगीतामा  ४० बढी देश सहभागीको सहभागीता रहने छ । युनेस्कोले ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना ई–प्लानेटद्धारा संन्चालित अन्तराष्ट्रिय प्रतियोगिता हेरिटेज ईन्टरनेशनलले विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम समेत गर्ने छन् ।

२० वर्षकी अदिती श्रेष्ठ सामाजिक बिषयमा स्नातक तहमा अध्यायनरत छिन् ।  दुर्गा विसुरालले भने सोसीयोलोजीमा मास्टर गरेकी छन् । उनी विभिन्न व्यवसायमा समेत आबद्घ छिन् ।

दुबै प्रतियोगी सिंगापुर व्यक्तित्व, संचार कला, आत्मविश्वास, प्रतिभा, स्टेज प्रस्तुति लगायत बिभिन्न बिषयमा प्रशिक्षण सहित उड्नेछन् । उनीहरुको प्रतिभा निखार्ने काम कोरियोग्राफर अनिला श्रेष्ठले गर्नेछिन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan