Tuesday 22nd of January | २०७५ माघ ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चोरी भएको मोटरसाइकल सहित सुजन पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २९ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ पुस । चोरी भएको बा.७२ प ५९७६ नम्बरको मोटरसाइकल सहित भक्तपुर सूर्यविनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका-४ का १८ वर्षीय सुजन बिकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीमा सवारी साधन जाँच गर्ने क्रममा शनिबार राति सूर्यबिनायक नगरपालिका-६ बाग्मती क्लब नजिकबाट हराएको राजु श्रेष्ठको उक्त मोटरसाइकल बिकले जडिबुटीतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan