Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटन क्षेत्रलाई राजनीतिबाट अलग राख्नुपर्छ - व्यवसायी

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौँ,भूकम्पबाट प्रभावित भएको पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि सबै एकजुट भई यस क्षेत्रलाई राजनीतिबाट मुक्त राखिनुपर्ने पर्यटन व्यवसायीहरुले धारणा राखेका छन् ।

राष्ट्रिय पर्यटन पत्रकार सङघ (नाटोज)ले आज यहाँ आयोजना गरेको संस्था घोषणा कार्यक्रम तथा ‘राजनीतिक चक्रव्यूहमा पर्यटन’ विषयक अन्तक्र्रियामा व्यवसायीहरुले राजधानीलाई सङ्कट ग्रस्तक्षेत्र धोषणा गर्न नहुने र नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु पर्ने र भूकम्पले ध्वस्त भएका सम्पदाको पुनर्निमाणमा जुट्न आवश्यक रहेको बताएका हुन् ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का महासचिव सागर पाण्डेले समग्र पर्यटन क्षेत्रको विकास आजको आवश्यकता भएको भन्दै राजनीतिक मुद्दालाई छाडेर विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो । टुरिस्ट गाइड एसोसियसन अफ नेपालका अध्यक्ष हरेराम वरालले सम्पदा भत्केको ठाँउमा विदेशीलाई देखाएर पर्यटकलाई गलत समाचार गएको भन्दै यस्तो सम्पदाभन्दा केही नभएका सम्पदाको अवलोकनमा लैजानुपर्ने धारणा राख्नु भयो ।

नेपाल पर्यटन व्यवसायी मञ्चका अध्यक्ष गणेश सिम्खडाले विदेशी सञ्चार माध्यमले भूकम्पले नेपालमा भएको क्षतिभन्दा बढी नकारात्मक प्रचार गरेर पर्यटकलाई त्रास फैलाउने कार्य गरेको आरोप लगाउनुभयो । प्यासिफिक एसिया ट्राभल एजेन्ट्स (पाटा)नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पर्यटनको विकासमा लाग्नुपर्ने धारणा राख्नु भयोे ।

कार्यक्रममा एकीकृत पर्यटन व्यवसाय सङ्गठनका अध्यक्ष कमल सापकोटा, राष्ट्रिय पर्यटन व्यवसाय सङ्गठनका अध्यक्ष चन्द्र रिजाललगायतले पर्यटनको विकासका लागि पर्यटन व्यवसायी र सरकारी अधिकारीविच समन्वयको खाँचो रहेको औल्याउनु भयो । कार्यक्रममा पर्यटन पत्रकार मञ्चलाई परिवर्तन गरी देशका सबै पर्यटन क्षेत्रका पत्रकारहरुको छाता सङगठनको रुपमा राष्ट्रिय पर्यटन पत्रकार संघ बनाइएको संधका अध्यक्ष शिव अधिकारीले बताउनु भयो ।

पन्ध्र सदस्यीय कार्यसमितिमा दुई जना सदस्य मनोनित गरिएको छ । थप गरेकामध्ये आर्थिक दैनिकका पर्यटन पत्रकार वसन्त खड्का र एबिसी टेलिभिजनका पर्यटन पत्रकार विष्णु पोखरेल हुनुहुन्छ । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan