Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फुटबल स्टार नेमारका साथी उनकै बहिनीसँगको प्रेममा परेपछी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ १३ शनिबार |
newsabhiyan
newsabhiyan

ब्राजिलियन फुटबल स्टार नेमारका एक जना साथी उनकै बहिनीसँगको प्रेममा परेका छन् । ब्राजिलको राष्ट्रिय टिमका खेलाडी गाब्रिएल बार्बोसा र नेमारकी बहिनी राफाएलाबिच प्रेम सम्बन्ध रहेको खुलेको हो ।

नेमार र गाब्रिएल ब्राजिलको राष्ट्रिय टिमबाट खेल्छन् । नेमार स्पेनिस क्लब बार्सिलोना तथा गाब्रिएल इटालियन क्लब इन्टर मिलानबाट खेल्छन् ।

गाब्रिएल र राफाएलाबीच धेरै पहिलादेखि प्रेम सम्बन्ध रहेको तर त्यो प्रेम सम्बन्ध भर्खरै सार्वजनिक भएको हो । राफाएला र गाब्रिएलाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएपछि उनीहरूको प्रेम सम्बन्ध पुष्टि भएको हो ।

घरेलु क्लब सान्तोसबाट खेल्दै आएका गाब्रिएल पोहोर मात्र इन्टर मिलान गएका हुन् । उनले ब्राजिलको राष्ट्रिय टिममा पोहोर मात्र स्थान पाएका हुन् ।

ब्राजिलको उमेर समूहको टिमबाट ३३ वटा अन्तर्राष्ट्रिय खेल खेलेका उनले राष्ट्रिय टोलीबाट भने अहिलेसम्म जम्मा चार खेल मात्र खेलेका छन् र उनले त्यस क्रममा दुई गोल पनि गरेका छन् ।

गाब्रिएलसँगको प्रेम सम्बन्धमा परेकी २१ वर्षे राफाएला मोडलिङ गर्छिन् ।-शुक्रबारबाट 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan