Wednesday 28th of June | २०७४ असार १४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेरो विरुद्धमा अनेक झालसाजी भयो , जिल्लामा सुरक्षाको मजबुत कडा पारेको छु : एसपी थापा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ २६ शुक्रबार
newsabhiyan
newsabhiyan

प्रनिश थापा ,चितवन , २६ जेठ । अघिल्लो हप्ता गाडी चोरी तस्करीमा संलग्न दीपु रिहा भन्ने खबर प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्लाका प्रहरी प्रमुख दिपक थापाले समाचारमा आपत्ती जनाएका हुन् ।  

जिल्लाका एसपी थापाले न्युज अभियान डट कमसँग कुराकानी गर्दै भने, म जिल्लामा आए देखी नै गुण्डागर्दी नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न सफल भएको छु । कसैसँग एक चोटी पनि नझुकी प्रहरी संगठनको मान, मर्यादा र आचरणभित्र रहेर काम गर्दै आएको छु । र , आचरण विपरित काम गर्ने र गर्न खोज्ने केही प्रहरीहरुलाई समेत कारबाही गरेको छु ।

संवेदनशिल जिल्लाका रुपमा लिइने चितवन जिल्लालाई सुरक्षामा केही कमी आउन नदिई म र मेरो युनिटले शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्न हरसम्भव प्रयास गरेको र कहिँ कत्तै त्यसो भए आफूले आगामी दिनमा सुधार्ने र जिल्लामा कडाइ गरेकै कारण म र मेरो प्रहरी हवल्दार राम प्रवेश यादवको नाम मुछेर केही सञ्चार माध्यमहरुले भ्रामक र अकल्पोनित समाचार प्रस्तुत भएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

जिल्लामा आएदेखी नै आफूले बिभिन्न अपराधमा संलग्न रही लामो समयसम्म फरार रहेका ३६ जना अभियुक्तहरु लाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाईसकेको बताउदै एसपी थापाले अपराधीक गतिविधिलाई निस्तेष पार्न हरसम्भव प्रयास गरेको र त्यसका लागी आज २२ बर्ष सम्म आफूले कसैसँग कुनै सम्झौता नगरेको बताउनु भयो ।

साथै, उहाँले समाजमा झैझगडा , अशान्ति र सुरक्षामा धब्बा पुग्न सक्ने भन्दै थालिएको घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ४ जना व्यक्ति, २ वटा सावारी साधन र सात हजार आठ सय ८९ लिटर कच्चा पदार्थ र आठ हजार दुई सय २३ लिटर मदिरा नष्ट गरी कार्वाही गरेको बताउनुभयो ।

त्यस्को , अलवा संक्षिप्त उदाहरण दिदै उहाँले भन्नुभयो : जिल्लामा आएदेखी नै म र मेरो युनिटले नदीजन्य बस्तु उत्खनन् नियन्त्रण अभियान अन्तर्गत सो कार्यमा प्रयोग गरिएको ३० वटा जेसिबी र ७५ वटा अन्य सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेका छौँ ।

त्यस्तै,  जुवातास नियन्त्रण अभियान अन्तर्गत एक सय छ जनालाई पक्राउ गरी जुवा मुद्दामा कारवाही गरी त्यसबाट कुल १७ लाख पाँच हजार दुई सय २८ रुपैयाँ बरामद गर्न सफल भयौं । त्यस्तै, अवैध हातहतियार ओसारपसार नियन्त्रण अन्तर्गत १ थान बन्दुक बरामद गरी स्थानीय तह निर्वाचन लाई बिथोल्न खोज्ने समूह नेकपा माओवादी (बिप्लब) समूहका २६ जना सक्रिय कार्यकर्ता हरुलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाई कारवाही गरेका छौं ।

भन्सार छली गरी अवैध रुपमा दैनिक उपभोग्य सामान भित्र्याउने ३ जनालाई पक्राउ गरी मुद्दा चलाई अवैध रुपमा भित्रिएको झण्डै ५२ लाख मूल्य बराबरको लत्ताकपडा, सवारी साधन, सुन चाँदी बरामद गरी सम्बन्धित निकायमा बुझाउन सफल भए ।

त्यस्तै, गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत पक्राउ परेका १५२ जनामध्ये ८९ जनालाई सार्वजनिक अपराध मुद्दामा कारवाही गरिएको र सवारी दुर्घटना न्युनिकरण अभियान अन्तर्गत सवारी चेकजाँच गर्ने क्रममा फेला परेका १६७ जना मापसे गरी सवारी चलाउने चालकलाई पनि सार्वजनिक मुद्दा चलाइएको बताउनु भएको छ ।

लागूऔषध नियन्त्रण तथा कारवाही अभियान अन्तर्गत ४६ वटा मुद्दा चलाई ७७ जनालाई पक्राउ गरी कारवाही गरिएको बताउदै उहाँले अबैध लागूऔषध डाईजेपाम–११२० थान, ब्रुफ्रीङ एक हजार ८६ थान, फेनार्गन एक हजार ८५ थान, खैरो हेरोईन ८४।४ ग्राम, नाईट्राजेपाम–२४६ ट्यावलेट, गाँजा २६ किलो १०० ग्राम, स्पामो प्रोक्सिभोन ३२ ट्यावलेट र चरेस पाँच सय ७३ किलो सात सय ८० ग्राम समेत बरामद गरिएको अवस्थामा प्रहरी घुस्याहा नै भएको भन्न चाहिँ अल्लि नमिल्ने बताउनुभयो ।

चोरी नियन्त्रण, हप्ता असुली, गुण्डागर्दी नियन्त्रण मात्र नभई गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय निर्वाचनमा जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सफल भएको भन्दै मलाई सरकारले गत जेठ १५ गते प्रवल जनसेवाश्री पदकद्धारा सम्मान गरेको थियो । चितवन प्रहरी प्रमुख थापा भन्छन् –‘हालसम्म बिभन्न शिर्षकमा नौ सय सातवटा मुद्दा दर्ता गरी एक हजार एक सय १६ जना उपर कानूनी कारवाही गरी जनतामा शान्ति सुरक्षाको अनुभुती दिलाउन सफल भएका छौं ।’

साथै, उहाँले बर्दिको आडमा मनपरी गर्ने कसैलाई छुट एवं अधिकार नभएको प्रष्टाउदै कसैले गैरकानुनी काम गरेको प्रमाण पाए तुरुन्तै कारबाही गरी प्रहरी संगठनलाई थप मर्यादित र सुदृढ पार्न आफू हरसम्भव प्रयास गर्ने र सुशासन कायम गर्न , गराउन आफू अन्तिम घडी सम्म पनि पछि नपर्ने बताए ।

अपराधीक गतिविधिले अत्यन्तै जोखिम मानिएको चितवन जिल्लालाई थप कडाइ र मजबुत गरेकै कारण केही सिमित ब्यक्तिले आफू विरुद्ध कटाक्ष गर्ने तबरले केही सञ्चारमाध्यम लाई सूचना प्रवाह गराईरहेको आरोप लगाउदै एसपी थापाले घुमुवा यादव मार्फत पैसा खाएको भन्ने आरोप निराधार रहेको बताउदै उहाँले बिना प्रमाण कसैले बनेकै आधारमा समाचार नबनाउन समेत आग्रह गरे ।

आफूविरुद्ध विभिन्न निकायमा उजुरी परेको बताउने एसपी थापाले समय आए आफूले बचाउ गरेर देखाउने र त्यस भन्दा अगाडि आफुले केही गर्न नसक्ने बताउनुभयो । उहाँले पत्रकारले लेख्न पाउछ भन्दैमा हुँदै नभएको समाचार बनाए आम नागरिकले कसरी बिश्वास गर्न सक्छ भन्दै प्रश्न गरेका थिए ।

उता, स्थानीय तह निर्वाचनमा सीमित स्रोत साधनका बाबजुद पनि चितवन प्रहरीले उच्च मंहत्वका साथ सुरक्षा दिएको र अधिकतम रुपमा प्रहरी परिचालन गर्दै जिल्लालाई भयरहित वातावरणमा स्थानीय निर्वाचन सम्पन्न गर्दै चितवन जिल्लामा सुरक्षा योजनालाई प्रभावकारी ढंगबाट कायम राख्न समेत एसपी थापा बताउछन् । (कुराकानीका आधारमा)

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan