Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वरोजगार मूलक व्यवसायका लागि विउ पूँजी वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ २९ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ जेठ । नेपाल नेत्रहीन संघले आफ्नो रजत महोत्सवको अवसर पारेर शुरु गरेको दृष्टिविहीन स्वरोजगार कोशेढुंगा कार्यक्रम अन्तर्गत एक्काईस जना दृष्टिविहीन तथा अल्पदृष्टियुक्त व्यक्तिहरुले व्यवसाय संचालनका लागि विउ पूँजी रकम प्राप्त गरेका छन् ।

आज नेपाल नेत्रहीन संघको केन्द्रीय कार्यालय, सुकेधारा, काठमाण्डौमा आयोजित कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अपाङ्ग अधिकार प्रवर्धन शाखाका अधिकृत निमराज भट्टराईले छनौटमा परेका दृष्टिविहीनहरुलाई उक्त रकम प्रदान गर्नु भयो ।

संघले नेपाल सरकारको सहयोगमा यस बर्षबाट स्वरोजगारमूलक व्यवसाय गर्न चाहने दृष्टिविहीनहरुलाई टेवा स्वरुप परियोजनाको आधारमा बढिमा दश हजारसम्मको विउ पूँजी उपलब्ध गराउने कार्यक्रम शुरु गरेको हो ।

यस वर्ष नाङ्गलो पसल, प्लाष्टिकजन्य हस्तकला, कपडा पसल, कुखुरा पालन, संगीत तालिम केन्द्र, वाद्यवादन, पानीपुरी चटपटे, अगरबत्ति, बाँसको मुढा तथा ¥याक आदि विभिन्न व्यवसाय संचालनका लागि परियोजनाका आधारमा २१ जनालाई उक्त रकम प्रदान गरिएको र आगामी वर्षहरुमा पनि सो कार्यक्रमले निरन्तरता पाउने संघले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan