Wednesday 28th of June | २०७४ असार १४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२१ अर्ब हिनामिना गरेका चुडामणिको अकुत पैसा कहाँ छ ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ ३० मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० जेठ । चुडामणि अझै महानिर्देशक ?  आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा यतिबेला अख्तियारको फन्दामा छन् ।

उनलाई हिरासतमा राखि अख्तियारले छानविन गरिएको छ । अख्तियार स्रोतका अनुसार आफ्नो अनुसन्धानमा उनले राजश्व हिनामिनासम्बन्धी प्रकरणमा २१ अर्बसम्म अनियमितता गरेको हुनसक्ने दावी गरिएको छ ।

१० दिन अघि पक्राउ परेका महानिर्देशक चुडामणि शर्माको बयान चलिरहेको भन्दै तात्कालीन कर फस्यौट आयोगका अध्यक्ष र अर्का सदस्यलाई पनि सोधपुछका लागि पत्राचार गरिएको अधिकारीहरुको भनाइ छ । 

हालसम्म प्राप्त कागजातले उक्त आयोगले कतिपय निजी मदिरा उत्पादक कम्पनीलाई उनीहरुले तिर्नपर्ने करौडौँ रुपियाँ कर बक्यौता मध्ये ९९ प्रतिशतसम्म छुट दिएको देखिएको अख्तियारका अधिकारीहरु बताउँछन् ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनका अनुसार, ४० अर्ब रुपैयाँ कर बक्यौता रहेकोमा साढे ३० अर्बको मात्रै फस्यौट गरेको र त्यसबाट आयोगले जम्मा साढे ९ अर्ब मात्र असुल उपर गरेको देखिन्छ । यसरी उनले भ्रष्टाचार गरेको देखिन्छ । यसरी भ्रष्टाचार गरेको रकम उनको कहाँ छ ? उनले कति खाएका छन् ?

कहाँ कहाँ लगानी गरेका छन् । त्यो सबैको लेखाजोखा भैइरहेको अख्तियार बताउँछ ।

उनीसँगै कर फस्योटमा संलग्न अन्य दुईलाई समेत अख्तियारमा हाजिर हुन भनेको छ तर उनीहरु यतिबेला फरार रहेको बताइन्छ । उनीहरुलाई पनि कानुनी कठघरामा ल्याउनु पर्दैन् ?

उनीहरु अख्तियारले भनेको समयमा हाजिर नभए जतिबेला पनि प्रहरीले नियन्त्रणमा लिन सक्नेछ । स्रोतका अनुसार शर्माले लोकमानसिंह कार्कीसँग हिमचिम बढाई  रकम असुलेको आरोप छ ।  

के उनले मात्र यती ठुलो भ्रष्टचार गरे त ? गम्भिर प्रस्न उब्जिएको छ ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan