Monday 21st of August | २०७४ भदौ ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'राजदूतले हपारेपछि सर्भे टोली फर्कियो'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ ३० मंगलबार
newsabhiyan
newsabhiyan

न्यूज अभिायन, काठमाडौं, ३० जेठ । यता भारतीय राजदूतले प्रधानमन्त्रीलाई फोन गरेपछि र उता भारतीय सशस्त्र सीमा सुरक्षा बलले बन्दुक तेस्र्याएपछि कञ्चनपुर पुगेको नापी विभागको टोली सर्भे नगरी काठमाडौं फर्केको छ ।

कञ्चनपुरको पुनर्वासस्थित सीमामा बिबाद भएको, भारतले नेपाली भूमि अतिक्रमण गरेको र अतिक्रमण गर्न दिन्नौं भनेर स्थानीय जनता आन्दोलनमा उत्रिएपछि भारतीय सशस्त्र प्रहरीले नेपाली युवा गोविन्द गौतमको हत्या गरिदिएको थियो ।

अव त्यो सीमा समस्याको यकिन गरेर सदाका लागि सीमा तय गर्ने उद्देश्यले नेपाल सरकारले नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्य, दिपेशवाल र काशीलाल चौधरीको टोली सर्भे गर्न पठाएको थियो । भारतीय सीमा सुरक्षाकर्मीले उडाइदिने धम्की दिएपछि यी नापी अधिकृतहरु ज्यान बचाएर भागेका हुन् ।

अव दक्षिणको सिमानामा नेपालले आफ्नो भूमि सर्भे गरेर आफ्नो सीमा व्यवस्थित गर्ने अवस्था पनि रहेन । सीमा विवादको टुंगो लगाउन गएको नापी टोलीलाई भारतीय सिपाहीले बन्दुक तेस्र्याएर सातो लिएर फर्काइदिएको छ । यसपछि कञ्चनपुर, पुनर्वासका आमनागरिकहरुमा अरु त्रासदी बढेको छ ।

सरकारका प्रतिनिधिलाई त हेप्छन् भने दिनहु“ सीमा क्षेत्रमै बा“च्नुपर्ने, बस्नुपर्ने आमनागरिकको जीवन कति त्रासदीमय, भयमय बनेको होला ?

टोली गयो, टोलीले काम थालनी पनि ग¥यो तर काम फत्ते गर्न सकेन । स्थानीय बासिन्दाले सरकारलाई फेरि पनि गुहारेका छन् र अस्पष्ट सिमाना स्थायी रुपले निर्धारण गर्न, हरेक वर्ष भारतीयले गर्ने सीमा अतिक्रमणको अन्त्य गरिदिन माग गरिरहेका छन् ।

तर सत्तामा लिप्त सरकारले भारतीयले मारेका गोविन्द गौतमलाई जनताकै दबाबमा सहिद घोषणा गरेर १० लाख दियो, प्रचार ग¥यो, सीमाको स्थायी समाचान निकाल्नेतिर ध्यान दिन सकेन । काठमाडौंमा भारतीय राजदूतको कहर, कञ्चनपुरमा एसवीआइको डर ।

१९८, १९९ को पिलरबाट नेपालतिर ५ सय मिटर भूमि अतिक्रमण गरिएको छ । फर्केको नापी सर्भे टोलीले ज्यानै लिने भएकाले फर्केको रिपोर्ट बुझाउँदा पनि सरकार मौन बसेको छ । यो कस्तो कसको सरकार होला ? (गोरखा एक्सप्रेसका साथमा)

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan