Wednesday 28th of June | २०७४ असार १४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिपाही इन्सपेक्टर बनेपछि...

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ ३० मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० जेठ । महानगरीय प्रहरी आयुक्त कार्यालयमा कार्यरत एक प्रहरी जवानले आफू प्रहरीको अफिसर हो भन्दै सर्वसाधारण र व्यावसायीई धम्क्याउन थालेको रहस्य बाहिर आएको छ । आयुक्त कार्यालयको कन्ट्रोल रुपमा काम गर्ने प्रहरी जवान कुमारबहादुर खड्काले प्रहरी बर्दीको दुरुपयोग गर्दै व्यावसायीलाई धम्क्याएको हो ।

सिनामंगलस्थित थ्री ब्रर्दश ह्युम्यान रिर्सोस मेनपावरमा गैर कानुनी तरिकाले पुगेका जवान खड्काले विदेशबाट फर्किएका रामेछापका दिलबहादुर खड्कालाई क्षतीपूर्ति दिलाउन प्रहरी बर्दीको दुरुपयोग गरेका हुन् ।

आफू प्रहरीको सिनियर अफिसर भएको भन्दै जवान खड्काले ततल दुई लाख क्षतीपूर्ति नदिने भए प्रहरी भ्यान बोलाएर लैजाने भन्दै व्यवसायीलाई धम्क्याएका थिए । गलत गर्ने धेरै प्रहरी हवल्दार र जवानलाई कारबाही गरेको भन्दै उनले तत्काल पैसा फिर्ता नदिए कारबाही गर्ने भन्दै व्यवसायीलाई धम्क्याएका थिए ।

डेढ महिनाअघि ड्राइभर पेसामा कतार पुगेका दिलबहादुर गएको कम्पनी छाडेर अर्को कम्पनीमा बढी तलब आउने भएपछि भागेका थिए । भागेका दिलबहादुरलाई तत्काल कतार प्रहरीले पक्राउ गरी नेपाल डिपोर्ट गरेको थियो ।

आफ्नै कारणले नेपाल फिर्ता भएका दिलबहादुरले नाताले भाई पर्ने प्रहरी जवान खड्कालाई दुरुपयोग गरी मेनपावरबाट पैसा असुल्न खोजेका थिए । त्यसको चालपाएपछि व्यवसायीलाई गौशाला वृत्तलाई खबर गरेका थिए । गौशाला वृत्तले तत्काल उनीहरुलाई नियन्त्रणमा लिए वृत्त पुर्याएको थियो ।

वृत्तमा पुगेपछि बल्ल उनको राज खुल्यो सिपाही, हवल्दारलाई कारबाही गर्ने उनी त आयुक्त कार्यालयका खुद सिपाही रहेछन् । वृत्तका डिएसपी नवराज कार्कीले प्रहरीले हेर्न र अनुसन्धान गर्न नमिल्ने केस भएको कारण वैदेशिक रोजगार विभाग जान ति प्रहरीलाई सुझाएका थिए । खबर जनप्रहारबाट ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan