Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'चुडामणिलाई भएको कारवाही ऐनसँग बाझिएको देखियो'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ ३० मंगलबार
newsabhiyan
newsabhiyan

काठमाण्डौ,३० जेठ । बढुवाको बधाईसँगै हिरासत ,कर फस्र्यौट आयोगका पदेन सदस्य एवं आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कारवाही कर फस्र्यौट आयोग ऐनसँग बाझिएको भेटिएको छ ।

जसले गर्दा आगामि दिनमा नेपाल सरकारको राजश्व तथा कर असुलि कार्यमा सोझै प्रतिकूल असर पर्ने जानकारहरु बताउँछन् ।

कर फस्र्यौट आयोग ऐनको दफा १० र १२ सँग चुडामणि शर्मालाई अख्तियारले गरेको कारवाही बाझिएको देखिन्छ । उक्त दफा अनुसार कर फस्र्यौटका सम्बन्धमा गरिएका कामकार्वाहीको बारेमा कुनै अदालतमा प्रश्न उठाउन नपाइने व्यवस्था छ ।

कारवाही नै हुने हो भने पनि आयोगका अध्यक्ष वा सदस्यलाई छोडी पदेन सदस्यलाई कारवाही हुन मिल्दैन ।

चुडामणि शर्माको नेपाल सरकारले सचिवमा नियुक्ति दिँदै गर्दा सोही दिन उनलाई अख्तियारले समाउनुको भित्री रहस्य षड्यन्त्रपूर्ण रहेको अनुमान गर्नसकिन्छ ।

स्मरण रहोस कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल छन् र उनीहरुलाई षड्यन्त्रकारीले संपर्क विहिन गराइरहेको खुल्न आएको छ ।

नेपालको इतिहासमा सम्भवतः त्यस्तो पहिलो मेधावी कर्मचारी हुन् चुडामणि जसले राजश्व तथा करलगायतका विषयसँग सम्बन्धित पचासौं पुस्तक प्रकाशन गरेका छन् । जुन पुस्तकहरुको दशकौं संस्करणसम्म पुनः प्रकाशन भएका छन् ।

राज्यका कर्मचारीहरुलाई विभिन्न बहानामा फसाउने कार्य राज्य तथा राजनीति निकायको नौलो होइन । अख्तियार, प्रहरी, अदालत हुँदै यो व्यथा अब करमा छिरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan